हेलिकप्टर चढेर इलाम आए खनाल र नेम्वाङ

Ilam 16

इलाम । मंसिर २१ मा हुने प्रदेश र प्रनितिनिधि सभाकोनिर्वाचनको माहालले इलाम तातेको छ । त्यसमा पनि आज मनोनयनको दिन भएर पनि जिल्लामा राजनीतिक चहलपहल बढेको छ ।

इलाममा बाम गठबन्धन र लोकतान्त्रि गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

यसैबीच इलाममा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराउन नेकपा एमालेका नेताहरु झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ हेलिकप्टरबाट आइपुगेका छन् ।
उनीहरु नीजि हेलिकप्टर प्रयोग गरी इलाम आइपुगेका हुन् । उनीहरुले स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै इलाममा बाम गठबन्धनलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा खनाल र २ बाट नेम्वाङले मनोनयन दर्ता गराएका छन् । 

प्रतिकृया दिनुहोस