कुनुकन जिल्लामा आज मनोनयन हुँदैछ ?

Nirwachan aayog

काठमाडौं । मंसिर २१ गते हुने दोस्रो चरण निर्वाचनका लागि बिहीबार ४५ जिल्लामा उम्मेदवारी दर्ता हुँदैछ ।

निर्वाचन आयोगले बिहान १० देखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघि ३२ जिल्लामा मंसिर १० मा हुने पहिलो चरण निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको छ । पहिलो चरण निर्वाचनबाट प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभातर्फ ७४ सिटका लागि दलले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

दोस्रो चरणअन्तर्गत ४५ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रका लागि मनोनयन दर्ता हुँदै छ । दोस्रो चरणमा १ करोड लाख ९८ हजार ८ सय ५२ मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।

दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरु
इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट ।

सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ।

तनहुँ, कास्की, स्याङ्जा, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ।

पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके ।

बर्दिया, सल्यान, सुर्खेत र दैलेख, कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र पश्चिमको डोटी ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...