जानी राखौं, उम्मेदवारी दर्ता गर्दा केके चाहिन्छ ?

Election commission nepal

काठमाडौं । धेरैलाई थाहा नहुन सक्छ कि उम्मेदवारी दर्ता गर्दा केके चाहन्छि भनेर । तर, अहिलेको अवस्थामा यो पनि जानिराख्नुपर्ने हुन्छ ।

देशसभा सदस्यतर्फ उम्मेदवारी दिन चाहने व्यक्तिले पनि प्रतिनिधिसभाको उम्मेदवारले जस्तै दलको सिफारिसपत्र पेश गर्नुपर्ने छ । यसका साथै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी जम्मा गरेको रसिद र आफ्नो निर्वाचन क्षेत्रभित्रको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ । 

प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गराउन चाहनेले दलको सिफारिस पत्रसँगै एकजना प्रस्तावक र १ जना समर्थकको सहयोगमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् । प्रस्तावक र समर्थक भने उम्मेदवारी दिने क्षेत्रकै हुनुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बिहीबार कार्यालय समयभित्र दलहरुले उम्मेदवारी दर्ता गराउन सक्ने जानकारी दिए । ‘निर्वाचन आयोगमा दर्ता भएका दलका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारहरुले कार्यालय समयभित्र उम्मेदवारी मनोनयन दर्ता गराउन सक्नेछन्’, आयुक्त ढकालले भने ।

आगामी मंसिर २१ गते दोस्रो चरणअन्तर्गत हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्येक्षतर्फको उम्मेदवारी मनोनयन आज हुँदैछ । निर्वाचन आयोगको घोषित कार्यतालिका अनुसार आज ४५ जिल्लामा उम्मेदवारी दर्ता हुँदैछ । 

४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र छ भने प्रदेशसभातर्फ २ सय ५६ निर्वाचन क्षेत्र छन् । यसअघि कात्तिक ५ गते ३२ हिमाली जिल्लामा उम्मेदवारी मनोनयन दर्ता भइसकेको छ । यी जिल्लामा पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन हुँदैछ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...