टिकट बाढ्न नेताहरुलाई अझैं सकस

15 1

काठमाडौं । जिल्लामा हुने निर्वाचनमा टिकट लिन जिल्लाका नेताहरु राजधानीमा रहेका नेताका घर र पार्टी कार्यालय धाउन अझैंसम्म पनि छाडेका छैनन् ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरण निर्वाचनअन्तर्गत विहीबार मनोनयन हुँदैछ । तर, राजनीतिक खिचातानीले गर्दा अझै केही स्थानमा टिकटको टुंगो लगाउन सकेका छैनन् ।जसले गर्दा पनि नेताका घर र पार्टी कार्यालयमा बुधबार साँझसम्म भीड लागेको छ ।

कतिपय राजनीतिक दलहरु उम्मेदवार टुंग्याउने भन्दै बैठक र छलफलमा व्यस्त छन् । त्यही भएर पनि आफुले टिकट पाउनुपर्ने दावी गर्दै जिल्लाका नेताहरु पार्टी कार्यालय र बैठक स्थलमा धर्ना कसेर बसेका छन् ।

भोलि बिहीबार हुने उम्मेदवारी मनोनयनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, मधेस केन्द्रित दलहरु आन्तरिक छलफलमा व्यस्त छन् । उम्मेदवारको टुंगो लगाउन कांग्रेसको बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहँदा बाहिर नेता, कार्यकर्ता भरिभराउ थिए । कतिपय नेताहरु टिकट पाउन बैठकमा बसेका नेताहरुलाई दवाव दिइरहेका दृष्य लोभलाग्दा देखिएका थिए ।

खासगरी वामपन्थि शक्ति र लोकतान्त्रिक शक्तिबीच चुनावी गठबन्धन बनेपछि राजनीतिक दलका नेताहरुलाई आफ्ना नेताहरुको चित्त बुझाउन गाह्रो परिरहेको छ । यसले गर्दा पनि राजनीतिक दलहरुलाई टिकट बाडफाडमा समस्या देखा परेको छ ।

मुलुकका ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले बिहीबार मनोनयन दर्ता गर्दैछन् । आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा हुँदैछ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...