राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व हुन्छ : मन्त्री थापा

Bikram bahadur thapa

काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले पछिल्लो पटक भएको राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व र समाजको समृद्धि हुने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्र नं ८ ले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री थापाले मुलुकमा दिगो शान्ति र राजनीतिक स्थिरताका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनको नेतृत्व आवश्यक रहेको बताए ।

लोकतान्त्रिक गठबन्धन निर्माण समयको माग भएको बताउँदै प्रजातान्त्रिक अभ्यासलाई संरक्षण गर्न अहिले चुनौती रहेको बताए । देशमा पछिल्लोपटक भएको राजनीतिक ध्रुवीकरणले सरकारको स्थायित्व र समाजको समृद्धि हुने बताउँदै उनीले आगामी निर्वाचनमा जनताले लोकतान्त्रवादी र राष्ट्रवादी शक्तिलाई अग्रस्थानमा लैजाने विश्वास व्यक्त गरे ।

पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले संयुक्त चुनावी सभा तथा मतदातालाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष दिनेश अधिकारी, राप्रपा महानगर अध्यक्ष कृष्ण बज्राचार्यलगायतले झापा ३ मा गठबन्धनभित्र देखिएको अविश्वास र आशंकाले लोकतान्त्रिक गठबन्धनमा समेत समस्या आउन सक्ने भएको हुँदा नेतृत्वले चाँडो समाधान खोज्नुपर्ने सुझाव दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...