यसकारण झापा–३ मा कमजोर सावित हुँदैछन् सिटौला

Krishna sitaula

झापा । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा झापामा नयाँ रेखा कोरिएको छ । खासगरी निर्वाचन क्षेत्र नं. ३ मा लोकतान्त्रिक गठबन्धन बलियो बनेको बेला गठबन्धनमा समस्या आएपछि निर्वाचन आँकलन गरेभन्दा फरक बन्ने देखिएको छ ।

देशभर लोकतान्त्रिक गठबन्धन बनाएको कांग्रेसले यसअघि झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीमा महामन्त्री राजेन्द्र लिङ्देनलाई समर्थन गर्ने सहमति गरेको थियो । तर, पछिल्लो समयमा नेपाली कांग्रेसले आफ्ना नेतालाई स्थान दिन राप्रपालाई सहयोग नगर्ने बताएपछि यहाँको राजनीतिले नयाँ मोड लिएको छ ।

देशभरी नै लोकतान्त्रिक गठबन्धन बनेको बेला झापामा भने कांग्रेसका प्रभावशाली नेतालाई हराउन फरक गठबन्धन बनेको छ । यसले नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई निर्वाचन जित्न पहाड फलमाको च्यूरा चपाउनु सरह बन्ने देखिएको छ ।

नेपाली कांग्रेसले क्षेत्र नं. ३ राप्रपा महामन्त्री लिङ्देनलाई छाड्न नमानेपछि झापामा लिङ्देनलाई वाम गठबन्धनले सघाउने भएको छ । योसँगै नेपाली कांग्रेसभित्र राम्रो प्रभाव जमाएका कृष्णप्रसाद सिटौला पराजित हुने अवस्था आएको छ ।

स्थानीय निर्वाचनमा झापा–३ मा पर्ने तहका वडाध्यक्षको मत जोड्दा एमाले सबैभन्दा अगाडि छ । सिटौलालाई पराजित गर्नका लागि वाम गठबन्धनले राप्रपालाई सहयोग गर्दा सिटौलाको क्षेत्रमा उनी दुई गुणा कम मतले पछि पर्ने देखिएको छ ।

यहाँ एमालेको मात्रै एमालेले २० हजार २ सय ९६ मत छ । यहाँ माओवादी केन्द्रको १० हजार ४ सय ४४ र राप्रपाले १२ हजार ८ सय ८१ मत छ । यो जोड्दा लिङ्देनको पक्षमा ४३ हजार ६ सय २१ मत हुने छ भने कांग्रेसले १८ हजार २ सय ६० मत मात्रै छ ।

यस क्षेत्रमा केचनाकवल, हल्दीबारी र बाह्रदशी गाउँपालिकासँगै भद्रपुरको वडा नम्बर १ देखि ८ सम्म र बिर्तामोड नगरपालिका वडा नम्बर १० पर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...