देउवाको थापालाई ठाडो जवाफ, ‘तपाइलाई जिताउन सकिँदैन’

Deuba thapa

काठमाडौं । यही मन्त्रिमण्डलमा रहेका उपप्रधान तथा उर्जा मन्त्री कमल थापालाई आउँदो प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन निल्नु न ओकल्नुझै भएको छ ।

कारण उनले सत्ता साझेदार दल नेपाली कांग्रेसको साथ पाउँछु र प्रतिनिधि सभामा विजयी बन्छु भन्ने ठूलो सपना देखेका थिए थापाले । तर, उनको सपना दिवा सपनामा परिणत हुने देखिएको छ ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका अध्यक्षसमेत रहेका थापालाई ठाडै आउँदो निर्वाचनमा थापालाई जिताउन नसकिने बताएपछि उनको निद हराम भएको छ ।

कांग्रेससँग गठबन्धन गरेको राप्रपा अध्यक्ष थापाले मकवानपुर–१ मा उठ्ने बताएका थिए । तर, मकवानपुरमा कांग्रेसी कार्यकर्ता रुष्ट बनेपछि देउवा हच्किएका छन् । जसले गर्दा नेपाली कांग्रेसले थापालाई सहयोग गर्ने सम्भावना न्यून बनेको छ । मकवानपुर थापाको गृहजिल्ला हो ।

अझ त्यसमा पनि मकवानपुरका कांग्रेसीले सोमबार पत्रकार सम्मेलन गरी थापालाई मतदान नगर्ने जनाइसकेका छन् । यतिसम्मकी कांग्रेसका नेता तथा कार्यकार्तहरु रुष्ट भएपछि देउवाले थापालाई ‘तपाइलाई जिताउन सकिँदैन, के गर्नुहुन्छ आफैं गर्नुस्, कांग्रेसले जिताउने ठेक्का लिन सक्दैन’ भन्ने ठाडो जवाफ दिइसकेका छन् । यसले थापाको राजनीतिक भविश्य अन्योलमा पारेको छ ।

मकवानपुर –१ मा संविधानसभाको निर्वाचनमा कांग्रेसका तर्फबाट इन्द्र बानियाँले जितेपछि पार्टी नेता तथा कार्यकर्ताहरु थप उत्साहित भएका थिए । बानिया कांग्रेसका जिल्ला सभापति पनि हुन् । उनी पूर्व राज्यमन्त्री पनि हुन् ।

कांग्रेसले उनलाई नै उठाउन चाहेको छ । बानियाले राजनीतिलाई समाज सेवाको रुपमा लिएका छन् । उनले बिकास निर्माणको काममा उल्लेखनीय योगदान गरेर कांग्रेस मात्र होइन, सर्वसाधारण र अन्य पार्टीका नेता तथा कार्यकर्ताको पनि मन जितेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...