सिन्धुपाल्चोकमा ‘हेभिवेट’ को भीडन्त

जित्न सजिलो छैन ‘हेभिवेट’ नेतालाई

Niroj news

चौतारा । पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोलले यतिबेला सिन्धुपाल्चोकको चिया पसलदेखि मेलापात समेत तातेको छ । राजनीतिप्रति चासो नहुने समेतले निर्वाचनकै कुरा गरिहेका हुन्छन् ।

यसरी कुरा चल्नुका पछाडि एउटै मात्र कारण छ जिल्लामा पूर्व मन्त्री र बहालवाला मन्त्रीको चुनावी प्रतिष्पर्धा । पूर्व संचारमन्त्री अग्निप्रसाद सापकोटा र बहालवाला संचारमन्त्री पहिलोपटक चुनावी प्रतिष्पर्धामा उत्रिएकै कारण पनि जिल्लामा चुनावी माहोल तातेको छ ।

सत्ता साझेदार दल कांग्रेस–माओवादी केन्द्रका जिल्ला नेतृत्व सिन्धुपाल्चोकमा चुनावी तालमेल गर्ने तयारीमा थिए । प्रतिनिधिसभा सदस्यका दुई निर्वाचन क्षेत्रमध्ये एउटामा केन्द्रका स्थायी समिति सदस्य सापकोटा र अर्कोमा कांग्रेस केन्द्रीय सदस्य बस्नेतलाई उतार्दै प्रदेशसभासमेत बाँड्ने गरी छलफल सुरु भइसकेको थियो ।

तर, रातारात भएको बाम गठबन्धनले ‘हेभिवेट’ का नेताद्वयलाई दुई ध्रुवमा विभाजित गराई आमने–सामने बनाउँदा सिन्धुपाल्चोक क्षेत्र नं. १ को चुनाव पेचिलो बनेको छ । सरकारमा लामो समय सहकार्य गरेर वाम र लोकतान्त्रिक धु्रवमा बाँडिएका यी नेता अहिले एकले अर्कोलाई पराजित गर्दै ‘ह्याट्रिक’ गर्ने दाउमा छन् ।

सजिलो छैन बस्नेतलाई
बस्नेत सिन्धुपाल्चोकमा निक्कै परिचित छन् । बस्नेतको तुलनामा सापकोटा कम परिचित छन् । यसअघिका दुईटा संविधानसभा निर्वाचनमा सापकोटाले प्रतिनिधित्व गर्दै आएको तत्कालीन क्षेत्र नं. २ को आधा भूगोल मात्र अहिले यो क्षेत्रमा मिसिएको हुँदा आधा भुभागले उनलाई खासै चिन्दैन ।

तर, स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने यहाँ बाम गठबन्धन निकै बलियो छ । भोटेकोसी, लिसंखुपाखर, बलेफी, जुगल, त्रिपुरासुन्दरी, सुनकोसी गाउँपालिका, बाह्रबिसे र चौतारा नगरपालिका–२, ३, ४, ९ र १० वडा समेटिएको यो क्षेत्रमा वाम गठबन्धनसँग ४४ हजार ७६ मत छ । एमालेले २४ हजार १ सय ८८ र माओवादी केन्द्रले १४ हजार ३ सय ८८ मत ल्याएको थियो ।

लोकतान्त्रिक गठबन्धनका पक्षमा भने ३० हजार ५ सय ५५ मत देखिन्छ । स्थानीय निर्वाचनमा कांग्रेसले २१ हजार ६ सय २९ र राप्रपाले ८ हजार ९ सय २६ मत पाएको थियो । लोकतान्त्रिकको तुलनामा वाम गठबन्धनसँग अझै १३ हजार ५ सय २१ मत बढी छ । त्यसकारण पनि चर्चामा रहेका बस्नेतलाई चुनाव जित्न सजिलो छैन ।

लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनले चुनावी रणनीति परिवर्तन गरेका छन् । ‘हामीमा थपिएको चुनौती सामना गर्न आम मतदातालाइ रिझाउन पर्छ’ संचारमन्त्री बस्नेतले भने, ‘विकासका हिसावले हेर्दा दुईपटक मन्त्री भइसकेका माओवादी नेता अग्निप्रसाद सापकोटासँग निर्वाचन जे जस्तो व्यवहार भए पनि विकासका काममा सहकार्य गरेर अघि बढ्ने मेरो उदेश्य हो ।’

यहाँ बस्नेत छैटौँ पटक र सापकोटा चौथौपटक चुनावी युद्धमा उत्रिएका छन् । तर, यी दुईबीचको चुनावी भीडन्त भने पहिलो हो । राप्रपाको समर्थनमा कांग्रेसबाट यसपटकको चुनावमा छैटौं सफलता पार्ने दाबी बस्नेतको छ । ‘यसपटक बस्नेतको जित सुनिश्चित छ’ नेपाली कांग्रेसका क्षेत्रीय सभापति टंकबहादुर कार्कीले भने, ‘सापकोटालाई एमालेको भर छ । सबै एमाले कार्यकर्ताले भोट नहाल्न पनि सक्छन् । यो क्षेत्र बस्नेतको पकेट क्षेत्र हो । त्यसैले जित पक्का छ ।’

सापकोटाले पनि एमालेको राम्रो साथ पाएकाले आफ्नो जित निश्चित रहेको दाबी गरेका छन् । स्थानीय तहको मत जोडेर हेर्दा सापकोटा अगाडि देखिए पनि सापकोटा र बस्नेतबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा १ लाख १४ हजार ३ सय २३ मतदाता छन् ।

चर्चा राणाको पनि उस्तै
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष हुन् पशुपतिशमशेर राणा । राणाले २०४७ को परिवर्तनपछि २०४८, २०५१ र २०५६ मा भएको संसदीय चुनाव उनले लगातार जितेका थिए । तर पनि उनी योपटक कांग्रेस गठबन्धनबाट साझा उम्मेदवार बनेकाले जिल्लाका उनको चर्चा निक्कै चलेको छ ।

उनले सिन्धुपाल्चोकबाटै राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनसमेत लगातार चार पटक जितेका थिए । उनी अहिले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेकाले जित्ने दावी गरिरहेका छन् । तर, यो क्षेत्रमा पनि बाव गठबन्धनकै वर्चश्व छ । त्यही भएर सहज जित निकालन उनलाई निक्कै गाह्रो छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...