एमाले राष्ट्रिय एकता र समृद्धिको बाधक: कांग्रेस

माओवादी केन्द्र अस्थिर राजनीतिक लाभ खोज्ने अवसरवादी

Nc house

काठमाडौं । लामो समयको रस्साकस्सीपछि हुन लागेको संघीय र प्रदेश सभाको निर्वाचनको माहोल तातेको छ । पहिलो चरणमा १० मंसिरमा हुने निर्वाचनमा उम्मेदवारले मनोनयन समेत गरिसकेकाले मत माग्दै जनताको घर दैलोमा पुगिरहेका छन् ।

निर्वाचनको मिति नजिँकिदै गर्दा जनताको घर दैलोमा पुग्ने अधिकांस राजनीतिक दलहरुले उधारोमै भोट मागिरहेका छन् । खासगरी जिल्ला तहमै नेताहरुले यो गर्छौ र त्यो गर्छौ भनिरहेका छन् । तर, अव राजनीतिक दलहरुले त्यसरी उधारो भोट माग्नु नपर्ने हुन थालिसकेको छ ।

राजनीतिक दलहरुले धमाधम आफ्ना चुनावी घोषणा पत्र सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा नेपाली कांग्रेसले आर्थिक समृद्धि, पर्यटन विकास, युवा उद्यम, कृषिको आधुनिकीकरणजस्ता एजेण्डा समेटेर घोषणापत्र तयार पारेको छ ।

नेपाली कांग्रेसले सोमबार सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा बाम गठबन्धनलाई सत्ता स्वार्थको संज्ञा दिएको छ । आगामी संघीय र प्रदेश चिर्वाचनको लागि पार्टीको जारी गरिएको घोषणा पत्रमा माओवादी केन्द्रलाई अस्थिर राजनीतिक लाभ खोज्ने अवसरवादीको आरोप लगाइएको छ ।

कांग्रेसले एमालेलाई राष्ट्रिय एकता र समृद्धिको बाधक संज्ञा दिएको छ । ‘पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी विगत एक दशकदेखि अस्थिर राजनीतिक समीकरण, सत्ता स्वार्थको गठबन्धन, वैचारिक अस्पष्टता र असफलताको केन्द्र बन्दै आएको छ’, घोषणा पत्रमा भनिएको छ ।

सो घोषणा पत्रमा ‘मधेस आन्दोलनलाई विखण्डनको आन्दोलन भन्दै र मधेसी जनताप्रति निरन्तर अशोभनीय टिप्पणी गर्दै आएको एमाले यतिखेर अतिवाद र नक्कली राष्ट्रवादको पासोमा पर्दै गएको छ’ भनिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...