बरुण धवन सफलतामा रमाउँदै

Aaa

काठमाण्डौं । बलिउड नायक बरुण धवन अहिले सफलतामा रमाइरहेका छन् । खानपछि बलिउडमा उचाई बनाउने एक मात्र नायकको रुपमा बरुण रहेका छन् ।

बरुण अभिनित चलचित्र ‘जुड्वा २’ले बक्स अफिसमा बम्पर व्यापार गरेपछि चलचित्र बनाउन चाहनेहरुको संख्या ह्वात्तै बढेको छ । आफू अभिनित चलचित्र ‘अक्टुबर’को बिषयमा आफ्ना फ्यानलाई नयाँ सरप्राइज दिएका छन् ।

बरुणले आफ्नो नयाँ चलचित्र ‘अक्टुबर’को प्रदर्शन मिति टुईटरबाट सार्वजनिक गरे । सुजित सरकारको निर्देशनमा तयार भैरहेको चलचित्र आउँदो बर्षको अप्रिल १३ मा रिलिज हुने भएको छ । बरुणले, चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै यो चलचित्र पनि विशेष हुने बताए ।

साउथका सुपरस्टार रजनीकान्त र नायक अक्षय कुमार अभिनित चलचित्र ‘२।०’ पनि रिलिज हुने बताइएको छ । 

प्रतिकृया दिनुहोस