बलात्कारपछि आँखा फुटाइएकी दलित बालिकाको उपचारमा आर्थिक समस्या

Dharan news balika

धरान । बलात्कारपछि आँखा निकालिएकी १४ वर्षीय बालिकाको उपचार गर्न आर्थिक समस्या परेको छ ।

भोजपुर जिल्लाको आम्चोक ९ दुम्मानाकी बिक थरकी १४ वर्षीय दलित बालिकालाई स्थानीयसरस्वती मावि कक्षा ८ मा अध्यानरत सन्तोष श्रेष्ठले शनिवार बलात्कार गरी हत्याको प्रयास गरेका थिए । उनले बालिकालाई बलात्कारपछि हत्या गर्ने अभिप्रायले कुटपिट गरेका थिए ।

विकलाई श्रेष्ठले घास काट्न गएको बेला जबरजस्ती गरी खोल्सामा लगेर बलात्कार गरेका थिए । बलात्कारपछि पीडितले दाजुलाई सुनाईदिन्छु भनेपछि श्रेष्ठले आँखामा ढुंगाले हानेर अचेत बनाएका थिए ।

उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सुरु भएको छ । तर, आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या आएको छ ।

धरानमा पुगेका दलित अधिकारकर्मी दलमर्दन कामीको पहलमा आइतवार बेलुकादेखि उपचार सुुरु भए पनि पैसाको अभाव भएको छ । उनको पहलमा १३ हजार ५ सय रुपैयाँ संकलन गरेर उपचार थालिएको छ । विकको एउटा आँखाले काम नगर्ने भएकाले निकाल्नुपर्ने अवस्था आएको चिकित्सकले बताएका छन् । उनको सोमबार आखाँ झिकिने विकका आफन्तले बताएका छन् ।

पीडित बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले खर्च खर्च अभावमा उपचार हुन नसकेको बालिकाका दाजु धनबहादुर विश्वकर्माले बताए । बहिनीको उपचारार्थ सहयोगका लागि दाजु धनबहादुरले सबैसँग सहयोगको अपिल गरिरहेका छन् ।

यता सो घटनापछि फरार रहेका श्रेष्ठलाई आइतवार नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...