किन गरे गोरखाली डाक्टरले गरे डाक्टरकै विरोध ?

उपेन्द्र देवकोटा भन्छन्, अहिलेको वाम गठबन्धनमा मोहन विक्रम र मोहन वैद्य पनि चाहिन्छ

Dr. upendra devkota

काठमाडौं । डा. बाबुराम भट्टराईका सहपाठी हुन् डा. उपेन्द्र देवकोटा । लामो समयदेखि उनीबीच राम्रो सम्बन्ध छ । तथापि आफ्नै सहपाठी निर्वाचनमा उठ्दा पनि उनले सहयोग गरेका छैनन् । बरु उल्टै सहपाठीविरुद्ध मत मागेका छन् ।

डा. देवकोटा पनि विद्यार्थी कालमा वाम विचारधारा अंगाल्थे । त्यही हिसावले पनि डा. भट्टराईसँग राम्रै उठबस थियो । बेला बेलामा टेलिफोन सम्पर्क पनि हुन्थ्यो । र, अझैं पनि हुन्छ ।

तर, यति लामो सम्बन्ध भएका यी दुई गोरखाली डाक्टरबीच चुनावमा भने केही तालमेल देखिँदैन । एउटा डा. भट्टराई भने चुनावी अभियानमा गोरखामा छन् । अर्का डा. देवकोटा भने बेलाबखत मात्रै पुग्छन् गोरखा ।

अरुबेला गोरखा पुग्दा डा. देवकोटाले खासै कुरा गर्दैनथे । पेशाकर्मी भएकाले पनि राजनीतिक कुरा गर्नु त्यति उपयुक्त हुँदैन थियो । तर, योपटक गोरखा पुग्दा भने उनले खुलेर नै वनमपन्थी गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई जिताउन अपिलसमेत गरे ।

उनले आफ्ना जिल्लाबासी नेतालाई त जिताउन अपिल गरे नै, बाम अहिलेको वाम गठबन्धनमा पुराना र अग्रज कम्युनिष्ट नेता मोहन विक्रम सिंह र मोहन वैद्य लगायतका कम्युनिष्ट नेताहरुलाई सम्मानजनक ढंगले ल्याउने वातावरण बनाउन आग्रहसमेत गरे ।

आफ्नो गृहनगर पालुङटार पुगेका डा. देवकोटाले अहिलेको चुनावमा आफ्नो सर्मथन नारायणकाजी श्रेष्ठलाई रहेको स्पष्ट पारे । डा. देवकोटा गोरखा पालुङटार नगरपालिका वडा नं. ४ पण्डित गाउँका हुन् ।

व्यक्तिगत भेटघाट र आफ्नो विदेशी साथीलाई जन्मथलो देखाउन पालुङटार पुगेका डा. देवकोटाले पुरै राजनीतिक कुरा गरे । ‘देशमा दुई वटा राजनीतिक समीकरणको आवश्यकता मैले देखेको छु’ उनले स्थानीय सञ्चारकर्मीसँग भने, ‘दुई वटा धुबबीच समिकरण बन्दा देशमा स्थायी शान्ति कायम हुन्छ ।’ उनले चुनावसम्मको लागि मात्रै भन्दा चुनावपछि पनि वामपन्थी समीकरण आवश्यकता रहेको उनले औल्याए ।

घुमाउरो शैलीमा विरोध
डा. भट्टराई र डा. देवकोटा मिल्ने साथी पनि हुन । तर, पालुङटारमा पुगेका डा. देवकोटाले भट्टराईको घुमाउरो शैलीमा विरोध गरे । उनले डा. भट्टराईको नेपाली काग्रेससँगको सहकार्य चिन्ता व्यक्त पनि गरे । उनले भने, ‘उहाँ (डा. भट्टराई) को नेपाली काग्रेस सँगको सहकार्य वाम गठबन्धनको जस्तो चिरस्थायी नहुन सक्छ ।’

राजनीतिमा सिद्धान्त र निष्ठा सबैभन्दा महत्वपूर्ण हुने तर्क गरे । डा.भट्टराईप्रति इंगित गर्दै डा. देवकोटाले भने, ‘राजनीतिमा उहाँ जस्तो व्यक्तिले अवसरवादका पछि लाग्दा जतिसुकै ठूलो हाईट भए पनि त्यो हाईट घट्छ, उहाँले त्यो कुरा सोच्नुपर्ने हो ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...