वाम गठबन्धनका शीर्ष नेताको बैठक जारी

1507632709

काठमाडौँ । आसन्न निर्वाचनका सन्दर्भमा बाँकी जिल्लाको क्षेत्र बाँडफाँड र घोषणापत्रलाई अन्तिमरुप दिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र को वाम गठबन्धनको शीर्ष नेताको संयुक्त बैठक जारी छ ।

एमालेका उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटीमा जारी बैठकमा दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि आपसी सिट बाँडफाँडलाई टुंगो लगाउने तयारी भएको छ ।

एमालेका सचिव पृथ्वी सुब्बा गुरुङका अनुसार दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठकले सिट टुंगो लगाएपछि एमालेको स्थायी कमिटीले उम्मेदवारको चयनबारे निर्णय गर्नेछ ।

एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशतका आधारमा सिट बाँडफाँड गर्न एमाले महासचिव ईश्वर पोखरलको संयोजकत्वमा रहेको कार्यदलले शीर्ष नेतालाई आफ्नो प्रतिवेदन दिइसकेको छ । बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता रहेका छन् ।

गठबन्धनले संयुक्त घोषणापत्रलाई पनि चाँडै टुंगो लगाउने बुझिएको छ । दुई दलबीच गत असोज १७ मा पार्टी एकता र चुनावी तालमेल गर्ने घोषणा भएको थियो ।

ओली र दाहालले देशभर संयुक्त निर्वाचन परिचालन कमिटी र पार्टी एकता संयोजनसम्बन्धी भेला गरी संयन्त्र गठन गर्न शुक्रबार अन्तरपार्टी निर्देशन दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...