अपांग महिला संघमा निर्मला चयन

Apang mahila

काठमाडौं । नेपाल अपांग महिला संघको १८ औं वार्षिक साधारण सभा एवं ९ औं अधिवेशन सम्पन्न भएको छ ।

संघको सो अधिवेशनले निर्मला धितालको अध्यक्षतामा ७ सदस्य कार्यसमिति गठन गरेको छ । जसमा उपाध्यक्षमा कमला बुढाथोकी, महासचिवमा मिना पौडेल, कोषाध्यक्षतमा अनिता घिमिरे चयन भएका छन् ।

समितिको असद्ययहरुमा मैया लम्साल, शोभामाया वि.क. र लक्ष्मी देवकोटा चयन भएका छन् । अन्य २ जना सदस्य भने पछि थप गरिने बताइएको छ ।

सो साधारण सभा एवं अधिवेशनको उद्घाटन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका थिए । उद्घाटन कार्यक्रममा मेयर शाक्यले काठमाण्डौं महानगरपालिकाका कार्यक्रमहरुमा अपांगता भएका व्यक्तिहरुको लागि बजेट छुट्याउने प्रतिवद्धता जनाए । उनले अपांगतामैत्री साझा बस थप गर्ने पनि प्रतिवद्धता जनाए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...