विर्तामोडमा प्रहरीको गोलीले १ को मृत्यु, केहीको अवस्था चिन्ताजनक

9 9


बिर्तामोड । बिर्तामोडमा अप्रयासित रुपमा बिहानदेखि उत्पन्न भएको तनाबका कारण प्रहरी र प्रदर्शनकारीबीच पटकपटक झडप भएको छ । प्रहरीसँगको झडपमा १ जनाको मृत्यु भएको छ ।

यसरी मृत्यु हुनेमा अर्जुनधारा नगरपालिकाका ३० वर्षीय नरेश थापा छन् । उनलाई दाहिने कोखामा गोली लागेको थियो । गोली लागेर घाइते उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।

बी एण्ड सी अस्पतालमा उपचारार्थ भर्ना गरिएका ४ जनाको उपचार भइरहेको छ । केहीको अवस्था चिन्ताजनक छ ।

गोली लागेर अन्य ६ जना घाइते भएका छन् । घाइते हुने राजगढ–८ का सुनिल पाठक, मेचीनगर–९ का अशोक बस्नेत, दुर्गापुरका नवराज कोइराला, अर्जुनधारा–६ का पुण्यप्रसाद लुइँटेल, इलाममाई नगरपालिकाका मणि नेपाली र बिर्तामोड– ६ का देवानन्द राजवंशीको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

यता आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा लागेर सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक रमेशकुमार सुवेदी, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानवहादुर विष्टसहित ३२ प्रहरी घाइते भएका छन् ।

यसैबीच प्रदर्शनकारीहरुले बिर्तामोडस्थित सडक विभागको यान्त्रिक कार्यालयमा आगजनी गरेका छन् । यस्तै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार सिवाकोटीको घरभित्र पसेर दुईवटा गाडी र एउटा मोटरसाइकल तोडफोड गरेका छन् ।

आन्दोलनकारीले नगरप्रमुख शिवाकोटीको घरमा रहेको बा १० च ३०६१ नम्बरको नीजि गाडी र बिर्तामोड नगरपालिकाको मे १ झ १२१ नम्बरको गाडी र उनको छोराको मे ७ प ३००० नम्बरको बुलेट बाइक जलाएका छन् । साथै घरको झ्यालका शिशा फुटाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...