वाम गठबन्धनले कांग्रेसलाई गुण लगाएको : प्रचण्ड

Prachanda 3

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले वाम गठबन्धनले कांग्रेसलाई गुण लगाएको बताए ।

पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताए । पार्टी एकीकरण गर्ने गरी वाम दलहरुबीच भएको गठबन्धनले कांग्रेसलाई एकताबद्ध गरेर गुण लगाएको प्रचण्डले बताए ।

गठबन्धनकै कारण फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार लगायत कांग्रेसमा प्रवेश गरेको उदाहरण दिदै प्रचण्ले कांग्रेसलाई वाम गठबन्धनबाट चित्त नदुखाउन सुझाव दिए ।

‘कांग्रेसलार्इ गठबन्धनले गुण लगाएको छ,’ प्रचण्डले प्रष्ट पार्दै भने, ‘कांग्रेस एकताबद्ध भएको छ, गच्छदार लगायत आएका छन् ।

सोही कार्यक्रममा प्रचण्ले कार्यकर्ताहरुलाई गठबन्धनबाट उत्साहित भएर रिल्याक्स गर्नुको साटो उम्मेदवारहरूलार्इ जिताउन इमान्दार भएर लाग्न अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...