काँग्रेस सभापतिसहित २२ उम्मेदवारको टुंगो, देउवा डडेल्धुरा क्षेत्र नं १ बाट

  sher bahadur deuba vhkwysz0nj

काठमाडौँ । नेपाली काँग्रेसले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा पार्टीका तर्फबाट प्रतिनिधिसभाका लागि २२ उम्मेदवारको टुंगो लगाएको छ ।

काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको संसदीय समितिको बैठकले उक्त उम्मेदवारी टुंगो लगाएको हो । सभापति शेरबहादुर देउवा डडेल्धुरा क्षेत्र नं १, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ क्षेत्र नं १, महामन्त्री डा शशाङ्क कोइराला नवलपुर क्षेत्र नं १, नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १, गोपालमान श्रेष्ठ स्याङ्जा क्षेत्र नं २, विमलेन्द्र निधि धनुषा क्षेत्र नं ३ र विजयकुमार गच्छदार सुनसरी क्षेत्र नं ३ बाट उम्मेदवार बन्नेछन ।

यस्तै पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नं १, महेश आचार्य मोरङ क्षेत्र नं ४, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं ४, रमेश रिजाल पर्सा क्षेत्र नं ४, डा नारायण खड्का उदयपुर क्षेत्र नं १, डा मीनेन्द्र रिजाल मोरङ क्षेत्र नं २, डा प्रकाशशरण महत काठमाडौँ क्षेत्र नं ५, फरमुल्लाह मन्सुर बारा क्षेत्र नं ३, एनपी साउद कञ्चनपुर क्षेत्र नं २ र अर्जुनप्रसाद जोशी पर्वत क्षेत्र नं १ बाट उम्मेदवार बन्नेछन ।

यसैगरी डा शेखर कोइराला मोरङ क्षेत्र नं ६, नवीन्द्रराज जोशी काठमाडौँ क्षेत्र नंं ८, गगनकुमार थापा काठमाडौँ क्षेत्र नं ४, रमेश लेखक कञ्चनपुर क्षेत्र नं ३ र नारायणबहादुर कार्की उदयपुर क्षेत्र नं २ बाट उम्मेदवार बन्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...