टिभिएस जुपिटर मिस टिनको उपाधि स्वाती श्रेष्ठको हातमा 

Miss teen college   2017

काठमाडौं । ‘मिस टिन कलेज २०१७ को उपाधि स्वाती श्रेष्ठले पाएकी छन् ।

सिजन मिडियाले राजधानीमा विहीबार साँझ आयोजना गरेको मिस टिन कलेजको उपाधी रिलायन्स कलेजमा विविस तेस्रो वर्षमा अध्ययनरत १९ वर्षीय श्रेष्ठले हात पारेकी हुन् । उनले विधागत तर्फको मिस मल्टी मिडियाको अवार्ड पनि हात पारिन् ।

सो प्रतियोगितामा लुना प्रधान फष्ट रनरअप र विधागततर्फ अर्गनाइजर च्वाइस हात पारिन् भने दिक्षा थापा सेकेण्ड रनरअप साथै मिस पर्सनालिटी अवार्ड पनि जितिन् । अनिता खड्का थर्ड रनरअप र श्रृपा महर्जन फोर्थ रनरअप भएसँगै वेष्ट ईस्टाइलिस अवार्ड पनि हात पारे ।

विधागततर्फ रोइसा श्रेष्ठ ‘मिस ट्याल्ेन्ट’, रुपिना तामाङ ‘मिस पपुलर’, सोनी श्रेष्ठ मिस क्रिएटिभ, सुस्मा कार्की मिस फेन्डसिप, प्रकृति जिमा मिस फोटोजेनिक, सुचिता अधिकारी मिस हेल्दी स्माइल, अस्मिता भण्डारी मिस डिसिप्लिन, रेसु श्रेष्ठ भ्युअर्स च्वाइस, प्रविना मर्हजन बेष्ट हेयर घोषित भए ।

प्रतियोगिताको निर्णायकमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रेसिन्डेन्ट युवराज शर्मा, नेपाल प्रहरी स्कुल साँगा काभ्रेका प्रिन्सिपल नवीनमान श्रेष्ठ, कंगरु एजुकेशनका प्रवन्ध निर्देशक महेशबाबु तिमलसिना, नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगर, मिस एयर होस्टेज २०१० विजेता काजल खड्का, फिल्म निर्देशक जनकदीप पराजुली, वेष्ट क्राफ्ट डिजाइनर हरि सेन्चुरी थिए ।

प्रतियोगितामा विजेताले ‘मिस टिन कलेज’ कोे ताज र उपाधिसहित टिभिएस जुपिटर स्कुटर र प्रतियोगीताका प्रायोजन कलेजहरुमा उच्च शिक्षा अध्ययनका लागि छात्रावृत्ति पाइन् भने नेपाल एयर होस्टेज एकेडेमीमा एयर होस्टेज तालिम गर्न ३५ हजार बराबरको छात्रावृत्ति पाइन् ।

त्यसैगरी फस्ट रनरअपले लाभा मिनि स्माट फोन र सेकेण्ड रनरअपले भने एमआई स्माट मोवाइल फोन, नेपाल एयर होस्टेज तालिम केन्द्रमा ३५ हजार बराबरकोे एयर होस्टेज तालिम गर्न पाउने सिजन मिडियाका प्रदिपराज वन्तले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...