शुक्रबार पनि छटको सार्वजनिक विदा

Chat 10

काठमाडौं । सरकारले छठ पर्वका लागि थप एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । छटको अवसरमा यसरी दुई दिन सार्वजनिक विदा दिएको यो पहिलो पटक हो ।

यसअघि सरकारले तराइ–मधेसमा मनाइने छटका लागि एक दिन मात्रै विदा दिने गरेको थियो । सोही अनुसार सरकारले विहीबार सार्वजनिक विदा दिएको थियो । तर सरकारले शुक्रबार पनि सार्वजनिक विदा दिने भएको छ ।

बिहीबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै छठ पर्वका लागि थप एक दिनको विदा दिने निर्णय गरेको उल्लेख गरिएको छ । सो विज्ञप्तिमा ‘ मिति २०७४ साल कार्तिक १० गते शुक्रबार छठ पर्वका लागि थप एक दिन नेपाल राज्यभर सार्वजनिक विदा दिने नेपाल सरकारबाट निर्णय भएकाले सार्वजनिक जानकारीका लागि यो सूचना प्रकाशित प्रसारित गरिएको छ ।’

सरकारले थप एक दिन सार्वजनिक विदा दिएसँगै तराई छटको उत्साह थपिएको छ । यतिवेला तराईमा छट मनाउनेहरुले धुमधामका साथ मनाइरहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...