दुई नेताले यसरी गरे निर्वाचन नसार्न अपिल

Uml maoist

काठमाडौं । सरकारले निर्वाचन सार्ने तयारी गरिरहेका बेला दुई वाम घटकका शीर्ष नेताहरुले सरकार र निर्वाचन आयोगलाई निर्वाचन नसार्न अपिल गरेका गरे ।

उनीहरुले मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रक्रिया अगाडि बढिसकेकाले त्यसविरुद्ध भ्रम र अन्यौल नपार्न अपिल गरेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन नसार्न अपिल मात्रै गरेनन्, निर्वाचन सारे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

विहीबार राजधानीमा गरिएको संयुक्त पत्रकार सम्मेलनमा वाम गठबन्धन बनाएर चुनावी अभियानमा सँगै निस्किएका ओली र दाहालले मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रभावित भए लोकतान्त्रिक अभ्यास अवरुद्ध हुने र लोकतान्त्रिक प्रणाली कमजोर हुने उल्लेख गरे ।

‘निर्वाचनलाई घोषित समयमा शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दलहरु तथा नेपाली जनताको साझा कर्तब्य हो,’ संयुक्त विज्ञप्तीमा भनिएको छ, ‘निर्वाचन प्रक्रिया तीब्र रुपमा अगाडि बढ्दै उम्मेदवारहरु प्रचार प्रसारमा जुटिरहेको स्थितिमा निर्वाचनका सम्बन्धमा कहीँ कतैबाट पनि कुनै पनि किसिमको भ्रम, अन्योल र अवरोध सिर्जना हुनुहुँदैन ।’

सो विज्ञप्तीमा निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने र समानुपातिक प्रणालीका उम्मेदवारका लागि अलग–अलग मतपत्रको ढाँचा तयार गरी मतपत्र छपाईको कार्य अगाडि बढाइसकेको उल्लेख गरिएको छ ।

‘मतपत्रको उक्त ढाँचाबाट कुनैपनि नागरिक या मतदाताको कुनै संवैधानिक, कानुनी, मौलिक तथा नागरिक हकको प्रयोगमा वाधा नपुग्ने, मतपत्र मार्फत् मतदाताले आफूले मन पराएको दल या उम्मेदवार छनोट गर्न र तत्सम्बन्धी निजको गोपनीयतामा कुनै व्यवधान नपुग्ने तथ्य स्पष्ट छ’ छ,’ संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा ओली, दाहालसहित एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भूसाल गायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...