आगामी चुनावले संघीय लोकतन्त्रलाई बलियो बनाउँछ : प्रधानमन्त्री

Deubaba

काठमाडौँ । आगामी चुनावले संघीय लोकतन्त्रलाई बलियो बनाउनेमा प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गरेका छन् ।

२०७४ प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निर्धारित मितिमा हुने र यसले संघीय लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टेप्लिजसँगको शिष्टाचार भेटमा उनले भने, स्थानीय निकायको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता रह्यो, निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो सेवा, सुविधा जनताको घर आँगनमै प्रदान गर्न सुरु गरिसकेका छन्, यसबाट स्थानीय प्रजातन्त्र सुदृढ र बलिलो हुँदै जान थालेको छ ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि जनताको उत्साहजनक सहभागिता हुने विश्वास उनले व्यक्त गरेका उनका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले नेपाल सरकारले संविधानको कार्यान्वयन गर्न तीनै तहको निर्वाचनलाई प्राथमिकता दिएको र संविधानको कार्यान्वयबाट मात्र लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरेका भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्रीले स्थानीय निकाय तथा प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनले उल्लेख्य महिला नेतृत्वको चयन हुने बताए ।

राजदूत टेप्लिजले अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी अनुदान सहयोगका विविध पक्षमा जानकारी दिएका थिए ।

एमसिसीमार्फत नेपाललाई अमेरिकी सरकारले सडक पूर्वाधार, विद्युत् प्रसारण लाइन विस्तारलगायत क्षेत्रको विकास र विस्तार गर्न हालै ५० करोड अमेरिकी डलर उपलब्ध गराएको थियो । सो रकम हालसम्मकै उच्च अनुदान रकम हो ।

नेपालले केही वर्षयता हासिल गरेका विकास निर्माण, सुशासन, समावेशिता, बालस्वास्थ्य, खोप, प्राथमिक शिक्षामा पहुँच, प्राकृतिक स्रोत संरक्षणलगायत क्षेत्रमा प्राप्त गरेका महत्वपूर्ण उपलब्धिका कारण सो अनुदान प्राप्त गरेको हो ।

प्रधानमन्त्री देउवालाई राजदूत टेप्लिजले नेपालले एमसिसी अनुदान प्राप्त गरेकामा बधाई दिँदै खर्च गर्ने प्रक्रियाका बारेमा पनि जानकारी दिएका भट्टराईले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...