फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडी बने रोनाल्डो

459cd78900000578 5009787 image m 24 1508789378751

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले लगातार दोश्रो पल्ट फिफा वर्षको उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका छन् ।


अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले गएको वर्षदेखि प्रदान गर्न लागेको यो अवार्ड पोहोर पनि उनले नै पाएका थिए । यस वर्ष रोनाल्डोले अर्जेन्टिनाका लियोनेल मेस्सी र ब्राजिलका नेइमारलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।
३२ वर्षका रोनाल्डोले गएको वर्ष रियल मड्रिडलाई स्पेनिस ला लिगा र च्याम्पियन्स लिग फुटबलको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । फिफाले फ्रेञ्च पत्रिकासँगको सहकार्यमा बालोन डि ओर अवार्ड प्रदान गर्ने गरेकोमा पोहोरदेखि उसले त्यो सहकार्य तोडेर फिफा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड दिन थालेको हो । फ्रेञ्च पत्रिकाले छुट्टै बालोन डि ओर अवार्ड प्रदान गर्ने गर्दछ ।
यस्तै रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदान उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड पाएका छन् । साथै बार्सिलोनाकी लिके मार्टेन्सले उत्कृष्ट महिला खेलाडीको अवार्ड पाएकी छिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सम्बन्धमा खटपट भएपछि प्रेमीले गोली प्रहार गरेको खुलासा

Jhapa goli

झापा । झापामा कक्षा १२ को परीक्षा दिएर फर्किएकी छात्रामाथि आफ्नै पूर्वशिक्षकले गोली प्रहार गरेको ...