प्रजातन्त्रवादी पक्षधरलाई एक हुन गच्छदारको आग्रह

1a945e8476daea4505e7d2988b9926ef

इटहरी । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले सबै प्रजातन्त्रवादी पक्षधर एक भएर लोकतन्त्र रक्षाका लागि ऊर्जाशील भएर एकीकृत बन्न जरुरी रहेको बताएका छन ।

काँग्रेस सुनसरीले जिल्ला सदरमुकाम इनरुवामा आज आयोजना गरेको चियापान तान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संविधान कार्यान्वयनका लागि एक जुट बनेर आगामी निर्वाचनमा प्रजातन्त्रवादीको जित निकाल्न कार्यकर्तालाई आग्रह गरे ।

अर्का नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र वाणिज्यमन्त्री मीन विश्वकर्माले मुलुकलाई आर्थिक र सांस्कृतिक रुपमा समृद्ध मुलुक बनाउने महत्वपूर्ण अभिभारा काँग्रेसले निर्वाह गर्दै आएको बताए । कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरे, पूर्वमन्त्री सीताराम मेहता, सुनसरीका सभापति राजीव कोइरालालगायतले आगामी संघ र प्रदेशको निर्वाचनमा प्रजातन्त्रवादीले जित निकाल्न आवश्यक रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...