न्युजिल्याण्डले भारतलाई हरायो

 98426224 indiacricket1

कात्तिक । भारतसँगको पहिलो एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड ६ विकेटले विजयी भएको छ । २ सय ८१ रनको लक्ष्य न्युजिल्याण्डले ४९ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । न्युजिल्याण्डलाई जिताउन टोम लाथमले १ सय ५ र रोश टेलरले ९५ रनको योगदान गरे । टस जितेर पहिले ब्याटिङ गरेको भारतले कप्तान विराट कोहलीको १ सय २१ रनको मद्दतमा २ सय ८० रन बनाएको थियो । न्युजिल्याण्ड र भारतले तीनवटा एकदिवसीय र तीनवटा ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेल्नेछन् । यस्तै बंगलादेशसँगको दोस्रो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिका दुई सय रनले विजयी भएको छ । ३ सय ७० रनको लक्ष्य पछ्याएको बंगलादेश ४० ओभर ४ बलमा १ सय ६९ रनमा अलआउट भयो । बंगलादेशका शकिव अल हसनले ६३ रन बनाएपनि टीमलाई जिताउन सकेनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...