बाबुराम र नारायणकाजी एकै स्थानबाट भिड्ने  

Baburam n narayan

 

काठमाडौँ । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी मनोनयन दर्ता गराउने क्रममा डा.बाबुराम भट्टराई र नारायणकानी श्रेष्ठले गोरखा क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

गत असोज १७ गते तीन दल एमाले, माओवादी र नयाँ शक्तिबीच वामगठबन्धनको घोषणा हुँदा राष्ट्रिय सभागृहमा डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसँगै थिए, एकअर्काको हात समाएर उठाएका थिए ।

त्यस दिनको घटनाक्रम हेर्दा यी दुई नेताबीच विगतको तिक्ततापूर्ण सम्बन्ध अब समुधुर होला भन्ने अनुमान गर्न सकिन्थ्यो । तर, प्रतिनिधिसभाका लागि गोरखा–२ मा एकले अर्कालाई छाड्न मानेनन् ।

यही कारण बाबुरामले बामगठबन्धन छाडेर काँग्रेससँग हात अगाडि बढाए । परिणाम अब बाबुराम काँग्रेससँगको गठबन्धनमा र नारायणकाजी एमालेसँगको गठबन्धनमा एउटै क्षेत्रमा चुनाव लड्दैछन् । दुवैले आज आफ्नो मनोनयन गरेका छन् । स्थानीय तहको चुनावी परिणाम हेर्दा यहाँ दुई नेताबीच निकै कडा टक्कर हुने अनुमान छ ।

आखिर बाबुराम र नारायणकाजी एकले अर्कालाई किन गोरखा–२ छाड्न मानेनन् रु यसभित्र केही आजका दिनमा केही नयाँ घटनाक्रमहरू अवश्य नै छन् ।

माओवादी परित्याग र सांसद पदबाट राजीनामा गर्नुपूर्व बाबुरामले सम्पर्क गरेका ४/५ जना नेतामा पर्थे नारायणकाजी श्रेष्ठ । त्यस दिन बाबुरामले आफूले पार्टी छाड्न थालेको कुरा सुनाएपछि नारायणकाजी झसङ्ग भए ।

पार्टीलाई रूपान्तरण गर्ने विषयमा उनीहरूबीच केही समयदेखि बाक्लो संवाद पनि भएको थियो र प्रचण्डलाई घेराबन्दी गर्ने विषयमा उनीहरू एक ठाउ देखिन थालेका थिए ।

प्रचण्ड–वैद्य, प्रचण्ड–बाबुराम, प्रचण्ड–बादल र वैद्य–बाबुरामको जस्तै बाबुराम–नारायणकाजीको सम्बन्ध पनि बढो बिचित्रको छ । एकले अर्कालाई सहज स्वीकार नगर्ने र प्रचण्डसँग नजिक बन्ने विषयमा उनीहरूबीच रस्साकस्सी हुन्थ्यो ।

तैपनि पछिल्लो समय निटता बढ्दै थियो । तर, बाबुरामको पार्टी परित्याग कदमले नारायणकाजीसँग पनि राजनीतिक रूपमा सम्बन्ध–विच्छेद भयो । यद्यपि त्यसपछि पनि उनीहरूबीच कुराकानी हुन भने छाडेका छैन । प्रचण्ड र पार्टी रूपान्तरणवारे उनीहरूबीच पछिल्लो पटक बुझाईमा निकटता बन्दै गएको थियो ।

बाबुराम–नारायणकाजी दुवैको गृहजिल्ला गोरखा । ०६५ पुसमा तत्कालीन नेकपा माओवादी र एकताकेन्द्रबीच पार्टी एकता हुनुपूर्वसम्म उनीहरूबीच बाक्लो भेटघाट र संवाद हुदैन्थ्यो । तर, जब एकीकरण भयो, त्यसपछि एउटै कमिटीमा बसेर काम गर्न थाले दुवैले । गृहजिल्ला एउटै र पार्टीको हाइकमान्डमा बसेरसँगै काम गरे पनि बाबुराम–नारायणकाजीबीच सम्बन्धमा दुरी नै देखिरह्यो ।

यस्तो दूरी पार्टी कार्यकर्ता र केन्द्रीय तहका नेताहरूले पनि महसुस गर्थे । जस्तो कि पार्टी नेतृत्व हस्तान्तरणसम्बन्धी प्रचण्डको ०७१ मङ्सिर २८ को प्रस्तावमाथि नारायणकाजीको व्यङ्ग्य देखेर अरू नेता अचम्मित भए । उनले बाबुरामलाई भावी अध्यक्षका रूपमा स्वीकार गर्ने बताउँदा बताउँदै पनि आफ्नो असन्तुष्टि पोखे । कुरा ०७१ पुस १३ को हो ।

त्यस दिनको केन्द्रीय समिति वैठकमा नारायणकाजीले भनेका थिए, ‘बाबुरामजी अध्यक्ष हुनहुन्न भन्ने कहाँ छ र धेरै कुरा पारदर्शी छैन, सबै कुरा मलाई थाहा पनि हुँदैन ।’ यसको सीधा अर्थ थियो प्रचण्ड–बाबुरामबीच के लेनदेन भएको हो, मलाई थाहा छैन । गोप्य कोठामा दुई नेताबीच लेनदेन भएको भए पनि स्वीकार गर्न तयार रहेको नारायणकाजीको सङ्केत थियो । भावी अध्यक्षका लागि बाबुरामको नाम चर्चामा आउादा नारायणकाजी त्यति खुसी थिएनन् ।

कहिले दलितबस्तीमा बसेर, कहिले बलात्कारपीडित युवतीसँगै डाको छाडेर रोएर त कहिले सामाजिक सञ्जालमा विवादास्पद तस्बिर राखेर बाबुरामले चर्चालाई समाइरहेका हुन्छन् भने नारायणकाजी पनि कमी छैनन् ।

उनले कहिले सार्वजनिक गाडी चढेर, कहिले थरि–थरिका पोसाक लगाएर त कहिले रोएर भए पनि आफूलाई चर्चामा राखिरहन्छन् । यद्यपि यसको बचाउमा दुवै अब्बल छन् । उनीहरूबीचको सबैभन्दा बढी निकटता ०६८ को धोविघाट भेलामा देखियो, जसलाई माओवादीको संस्थापनपक्षले अप्राकृतिक गठबन्धन भनेर टिप्पणी गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...