मोरङ्गमा सवारी दुर्घटनामा दुईको मृत्यु

Accident final

उर्लाबारी । जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा गए राति दुई जनाको मृत्यु भएको छ ।

ग्रामथान गाउँपालिका–२ स्थित विराटनगर – विराटचोक सडक खण्डमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दक्षिणबाट उत्तर आउँदै गरेको को१ख ४८४२ नंको बसले विपरीत दिशाबाट जाँदै गरेको को७प ९०३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँका २७ वर्षीय अशोक राजवंशीको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते राजवंशीको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २६ वर्षीय विश्व राजवंशी गम्भीर घाइते भएकाले उनको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै मोरङकै बेलबारी–३ स्थित पूर्वपश्चिम राजमार्गमा स्कारपिओ गाडीको ठक्करबाट पैदलयात्री एक वृद्धको मृत्यु भएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको को१च ५६५५ नंको गाडीको ठक्करबाट बेलबारी–१ बस्ने ६५ वर्षीय लखन मल्लिकको मृत्यु भएको हो । गाडीको ठक्करबाट गम्भीर घाइते मल्लिकको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...