दुई मतपत्र बनाउन नसकिने निवार्चन आयोगको भनाई

 nirwachan aayog election commision ayodhi 1 lw8slvd7gz

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई मतपत्र छाप्ने काम ज्यादै कठिन र अप्ठेरो रहेको बताएका छन ।

निर्वाचन आयोगमा आज पत्रकारसँग कुरा गर्दै उनले भने, “यो विषयलाई गम्भीरतापूर्वक लिएर आयोगले छलफल गरिरहेको छ, राजनीतिक दलहरूकै सल्लाह र सुझावका आधारमा आयोगले मतपत्र तयार गरेको हो । दुई वटा मतपत्र छाप्ने÷नछाप्ने भन्ने विषय समितिले दिने सुझावका आधारमा हुनेछ ।”

“समय कम छ, छोटो अवधिमा छाप्न कठिन छ, विषय एक अर्कोसँग जोडिएको छ, त्यसैले मतपत्र छापेर मात्र हुँदैन, दुर्इ वटा मतपत्र छाप्नलाई आवश्यक पर्ने कागज र मेसिनको व्यवस्थापन, छपाइपछि गर्नुपर्ने बाइण्डिङ र ढुवानी तथा मतदान केन्द्रको क्षमता आदिलाई पनि ध्यान आवश्यक छ ।”

सर्वोच्च अदालतले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ बाँकी नै देखिँदा प्रतिनिधिसभा र प्रदेशसभाको अलग अलग ऐन रहेका अवस्थामा दुवै सभा सदस्यको निर्वाचन एउटै मतपत्रमा गर्ने निर्णय भएकामा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र अलग्गै छाप्ने सम्बन्धमा निर्वाचन आयेगले गम्भीरतापूर्वक विचार गर्ने नै छ भनी फैसला सुनाएको थियो ।

यसैबीच आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको उम्मेदवारी दर्ताका लागि आवश्यक व्यवस्थापकीय तयारी पूरा भइसकेको बताउँदै डा यादवले भने, “राजनीतिक दलहरूबाट अब मतदातालाई जागरण गर्ने कार्यक्रम सञ्चालन हुन आवश्यक छ ।”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...