कम्युनिस्टहरु अधिनायकवाद लाद्ने षडयन्त्र गर्दैछन : प्रम देउवा

 pm 8

भक्तपुर । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले कम्युनिष्ट अधिनायकवाद लाद्ने षडयन्त्र भइरहेको आशंका गरेका छन् । उनले प्रजातन्त्र जोगाउने चुनौति खडा भएको टिप्पणी पनि गरे ।


नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने, ‘कम्युनिस्ट साम्राज्य ल्याएर अधिनायकवाद लाद्दै राणा शासनभन्दा पनि डरलाग्दो शासन चलाउन खोज्दैछन् । लोकतन्त्रलाई जोगाउने चुनौती अहिले खडा भएको छ ।’

कम्युनिष्टहरुलाई ‘लोकतन्त्र समाप्त पार्ने तत्व’को संज्ञा दिएका प्रधानमन्त्री देउवाले चुनावमा कांग्रेसको जित जरुरी भएको बताए । ‘लोकतन्त्रको खतरा टार्न आसन्न निर्वाचनमा कांग्रेसको विजयी जरुरी छ,’ उनले भने, ‘सबै मतभेद त्यागेर एकढिक्का भइ अघि बढ्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले कम्युनिस्टहरुले अधिनायकवाद ल्याएर जनतामा डर, त्रासको शासन गर्न खोजेको आरोप लगाए । कम्युनिष्ट शासन राणा शासन भन्दा पनि डरलाग्दो हुने उनले टिप्पणी गरे ।

कम्युनिस्टहरु राष्ट्रवादी हुनै नसक्ने दाबीसमेत गर्दै उनले भने, ‘कम्युनिस्ट साम्राज्य ल्याएर अधिनायकवाद लाद्दै राणा शासनभन्दा पनि डरलाग्दो शासन चलाउन खोज्दैछन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...