एमाले र माओवादीको भागवण्डा टुंगियो (सूचीसहित)

Uml and maoist

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् ।


दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँटफाँड गरेको हो, जसलाई पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ । आजै उम्मेदवारहरुलाई मनोनयन दर्ताका लागि पत्र हस्तान्तरण गरिने माओवादी नेता एवं कार्यदल सदस्य वर्षमान पुनले अनलाइनखबरलाई जानकारी दिए ।

दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो ।

पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन् ।

कार्यदलमा सिन्धुपाल्चोक, रामेछाप, धादिङ लगायतको सिट बाँडफाँटमा सकस देखिएको थियो । सिन्धुपाल्चोक १ माओवादीले लिएको छ भने २ एमालेको भागमा परेको छ । गोरखाको दुबै क्षेत्रसँगै रामेछाप माओवादीले लिँदा धादिङको दुबै क्षेत्र एमालेले लिएको छ । नुवाकोट १ माओवादी र २ एमालेको भागमा परेको छ भने बाग्लुङ १ एमाले र २ माओवादीले लिएको छ ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका सिटहरू यसरी बाँडफाँट गरिएको छ ।

नेकपा एमाले प्रतिनिधि सभा
१ ताप्लेजुङ
२ पाँचथर
३ संखुवासभा
४ ओखलढुङ्गा
५ खोटाङ
६ दोलखा
७ रसुवा
८ सिन्धुपाल्चोक–२
९ नुवाकोट–२
१० धादिङ–१
११ धादिङ–२
१२ मनाङ
१३ मुस्ताङ
१४ म्याग्दी
१५ बागलुङ
१६ डोल्पा
१७ मुगु
१८ बझाङ
१९ बाजुरा
२० बैतडी
२१ दार्चुला

नेकपा एमाले प्रदेश सभाका लागि

१ ताप्लेजुङ क
२ पाँचथर क
३ संखुवासभा ख
४ भोजपुर क र ख
५ सोलुखुम्बु क र ख
६ ओखलढुंगा क
७ खोटाङ क
८ दोलखा ख
९ रामेछाप क र ख
१० रसुवा क
११ सिन्धुपाल्चोक १ ख
१२ सिन्धुपाल्चोक २ ख
१३ नुवाकोट १ ख
१४ नुवाकोट २ क,
१५ लमजुङ क र ख,
१६ धादिङ १ क
१७ धादिङ २ क
१८ मनाङ क र ख
१९ मुस्ताङ क र ख
२० म्याग्दी ख
२१ गोरखा १ ख
२२ बागलुङ १ क
२३ बागलुङ २ ख
२४ डोल्पा क
२५ जुम्ला ख
२६ कालिकोट क
२७ जाजरकोट क र ख
२८ मुगु क र ख
२९ बझाङ क
३० बाजुरा कर ख
३१ बैतडी ख
३२ दार्चुला क

माओवादी केन्द्र प्रतिनिधि सभाका लागि
१ भोजपुर
२ सोलुखुम्बु
३ रामेछाप
४ सिन्धुपाल्चोक–१
५ नुवाकोट–१
६ लमजुङ
७ गोरखा–१
८ गोरखा–२
९ बागलुङ–२
१० रोल्पा
११ रुकुम पूर्व
१२ जुम्ला
१३ कालीकोट
१४ हुम्ला
१५ जाजरकोट
१६ रुकुम पश्चिम

माओवादी केन्द्र प्रदेश सभाका लागि
१ ताप्लेजुङ ख
२ पाँचथर ख
३ संखुवासभा क
४ ओखलढुंगा ख
५ खोटाङ ख
६ दोलखा ख
७ रसुवा ख
ड्ड सिन्धुपाल्चोक १ क
९ सिन्धुपाल्चोक २ क
१० नुवाकोट १ क
११ धादिङ २ ख
१२ धादिङ २ ख
१३ गोरखा २ क र ख
१४ गोरखा १ क
१५ बागुलङ १ ख,
१६ बागलुङ २ क
१७ म्याग्दी क
१८ रोल्पा क र ख
१९ रुकुम पूर्व क र ख,
२० जुम्ला क
२१ कालीकोट ख
२२ कालिकोट ख
२३ हुम्ला क र ख
२४ रुकुम पश्चिम क र ख
२५ डोल्पा ख
२६ बझाङ ख
२७ बैतडी क
२८ दार्चुला ख

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...