देउवालाई डडेल्धुरा, कोइरालालाई नवलपुर

Deuwa shasank

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसलाई उम्मेदवार छान्न निक्कै सकस परेको छ । त्यसमा पनि अन्य राजनीतिक दलहरुसँग चुनावी तालमेलले त झन उम्मेदवार छान्न ‘महाभारत’ नै बनेको छ ।

निक्कै लामो रस्साकस्सीपछि कांग्रेसले शीर्ष नेताहरुको निर्वाचन क्षेत्र भने टुंग्याएको छ । कांग्रेसले केही नेताहरुको चुनावी क्षेत्र टुंग्याएको छ । बाँकी टुंग्याउन संसदीय समितिले प्रयास गरिरहेको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहितका नेताहरु चुनाव लड्ने क्षेत्र टुंगो लगाएको छ । देउवा योपटक आफ्नै गृहजिल्ला डडेल्धुराबाट चुनावी प्रतिष्पर्धामा उत्रिने पक्कापक्की भएको छ ।

प्रतिनिधिसभातर्फ नै वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट र महामन्त्री शशांक कोइराला नवलपुर १ बाट चुनाव लड्ने टुंगो लागेको छ । काठमाडौं क्षेत्र नम्बर १ बाट प्रकाशमानसिंह, काठमाडौं ५ बाट प्रकाशशरण महत, काठमाडौं ८ बाट नवीन्द्रराज जोशी, ९ बाट ध्यानगोविन्द रञ्जित र काठमाडौं १० बाट राजेन्द्र केसी चुनाव लड्ने भएका छन् ।

त्यसैगरी काठमाडौं २ बाट दीपक कुइँकेल, काठमाडौं ३ बाट अम्बिका बस्नेत र काठमाडौं ४ बाट गगन थापा चुनाव लड्ने निश्चित भएको छ । थापा दोस्रो संविधानसभा निर्वाचनमा पनि काठमाडौं ४ बाटै विजयी भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...