चक्रपथ सफाई अभियानमा उत्साह बढ्दै

Safai 1

काठमाडौं । चक्रपथ सफाई अभियान सञ्चान गरिएको पनि ९ हप्ता पूरा भइसकेको छ । आगामी शनिवार १० औं हप्ता प्रवेश गर्दैछ ।

यसको मुख्य उदेश्य भनेको चक्रपथ क्षेत्रलाई सफा राख्नु हो । चक्रपथ क्षेत्रको सार्वजनिक स्थलमा भने सफाई अभियान्ताहरुले सफाई गर्दै आएका छन् ।

त्यसबाहेक पसल, पेट्रोल पम्प, होटल वा घरवालाहरुले आफ्नो अगाडी आफैंले सफाई गर्नुपर्ने नियम बनाइएको छ । चक्रपथ सफाई अभियान २०७१ का संयोजक व्यवसायी ताराबहादुर कुँवरले अभियानअन्तर्गत प्रत्येक शनिबार विहान सफाई गर्दै आएको र स्थानीयको उत्साह बढ्दै गएको बताउँछन् ।

चक्रपथ सफाई अभियान २०७१ को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रममा गरिएको थियो । सधैं जसो राजनीतिक कार्यक्रमको भाषणमा व्यस्त रहने विशिष्ट व्यक्तित्वहरु बुधबार भने फरक कार्यक्रममा पुगे । मन्त्री बिक्रमबहादुर थापासहितका विशिष्ट व्यक्तित्वहरु चक्रपथ सफाई अभियान सम्वन्धी अन्तरक्रिया कार्यक्रममा भाषण गर्न पुगेका हुन् ।

चक्रपथ सफाई अभियान २०७१ को आयोजनामा भएको शुभकामना आदानप्रदान सहितको कार्यक्रममा मन्त्री थापासहित पूर्वमन्त्री डा. सुरेश मल्ल, जिल्ला समन्वय समिति काठमाडौंका सभापति शिव बैद्य, पूर्व प्रधान सेनापति रुक्माङगद कटुवाल, पूर्व सचिब इन्जिनियर किशोर थापालगायतका सहभागी भएका थिए ।

ससस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक नारायणबाबु थापा, ट्राफिक प्रहरी नायब महानिक्षक सर्बेन्द्र खनाल, नागर्जुन नगरपालिका मेयर मोहन बस्नेत, उद्योग ब्यापार सङगठनका कार्यबाहक अध्यक्ष श्याम श्रेष्ठ, ग्रिन हिल सिटी चक्रपथ सफाईका लोकबहादुर टन्डन, रुद्रमती बल्खु अभियन्ता सदिक्षा कार्की, नागरिक समाजका अगुवा रबिन बस्नेत, मिस नेवा कृजना डंङगोलसहितका व्यक्तित्वहरु कार्यक्रममा पुगेका थिए ।

नेपाल प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठ, निर्माण ब्यबसायी महासघ पुर्ब अध्यक्ष रमेश शर्मा, नाडा कार्य समिति सदस्य तथा बिकेटि टायरका बिक्रम सिंघनिया, विल्सन एकेडेमीका निर्देशक अर्जुनसिंह ठकुरी, कलाकार श्रीकृष्ण सिंखडा, गायक कलाकार तिलक बस्नेत, बरिस्ठ कार्यक्रम संचालिका यम्जोङ शेर्पालगायत व्यक्तिहरु कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस