देउवा सन्किदा माओवादीलाई आपत्

माओवादी भाग खोसेर राप्रपालाई सुम्पिए

31

काठमाडौं । लामो समयदेखिको सत्ता साझेदार दल एनेकपा माओवादीले सम्हाल्दै आएका सबै मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले खोसेका छन् ।

माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग चुनावी एकता गरेपछि नेपाली कांग्रेस रुष्ट थियो । सोमबार मात्रै नेपाली कांग्रेसका नेताहरुले माओवादी मन्त्रीहरुले नैतिकताका आधारमा राजीनामा दिन सुझाएका थिए ।

माओवादी केन्द्रलाई जिम्मेवारीबाट मुक्त गरेसँगै मन्त्रिपरिषद् हेरफेर गरेका छन् । देउवाले माओवादीले सम्हालेका गृह, परराष्ट्र, सामान्य प्रशासन, पशुपंक्षी विकास मन्त्रालय आफैंले लिएका छन् ।

माओवादीले सम्हालेका ऊर्जा मन्त्रालयको जिम्मा राप्रपा अध्यक्ष कमल थापालाई दिइएको छ । माओवादीले सम्हालेको स्वास्थ्य मन्त्रालयमा राप्रपा प्रजातान्त्रिकका दीपक बोहरालाई जिम्मा दिइएको छ । उनी यसअघि विज्ञान तथा प्रविधि मन्त्री थिए ।

माओवादीले नै सम्हालेको आपूर्ति मन्त्रालयका जयन्त चन्द, सहरी विकास मन्त्रीमा दिलनाथ गिरी, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रीमा विक्रमबहादुर थापालाई लगिएको छ ।

राप्रपाका भाष्कर भद्रालाई ऊर्जा, सुशीलकुमार श्रेष्ठलाई आपूर्ति र कान्ता भट्टराईलाई महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री बनाइएको छ । माओवादीसँग एकता गरेको नेकपा संयुक्तकी मन्त्री मिथिला चौधरीलाई भने जिम्मेवारीविहीन बनाइएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...