यूरोप महिला सह–संयोजकमा अभिनेत्री खड्काको उम्मेदवारी

Barsh kadka

रौतहट । गैर आवासीय नेपाली संघ एन.आर.एन.को आठौँ विश्व सम्मेलनमा प्रतिनिधिका रूपमा सहभागी चर्चित अभिनेत्री वर्षा खडकाले यूरोपका लागि महिला सह संयोजकमा उम्मेदवारी घोषणा गरेकी छन् ।

हल्याण्डसको आम्सिडेममा बसोबास गर्दै आएकी खड्का एन.आर.एन.को सम्मेलनमा भाग लिन आएकी हुन ।

एनआरएनको सम्मेलन काठमाडौँमा शनिबारदेखि सुरु भएको छ । यूरोप महिला सह(संयोजक उम्मेदवारी दिने तयारीमा रहेकी अभिनेत्री खड्काले भनिन् साथीहरूको सल्लाहमा उम्मेदवारी दिने तयारी गरेकी छु ।

सबैको साथ पाए भने जित्छु पक्का हुने आशा बोकेको छु । तपाईंको उम्मेदवारी किन भने जिज्ञासामा खड्काले भनिन् यूरोपमा बसोबास गर्नु हुने नेपाली समुदायको हकहितमा काम गर्ने इच्छा रहेको छ ।

हुन त पदमा नरहदा पनि काम गर्दै आएकी छु । पदमा बसेर झन जिम्मेवारीका साथ काम गर्ने इच्छा छ । सम्मेलनको दोस्रो दिन आज आइतबार बन्द सत्रका साथै निर्वाचन कार्यक्रमहरू हुने छन ।

भोलि सोमबार नयाँ अध्यक्षसहित पदाधिकारीहरूमा मतदान हुने कार्यक्रम रहेको छ । यसपटक एन.आर.एन. अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी घोषणा गरेका छन् । यी दुबै प्रतिद्वन्द्वी बीच कडा प्रतिस्पर्धा हुदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...