कहिले होला कमल थापाको सपथग्रहण ?

Kamal thapa 24

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा आएर राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्न थालेको छ । जसको परिणाम स्वरुप प्रधानमन्त्रील शेरबहादुर देउवाले विस्तार गरेका नयाँ मन्त्रीको सपथग्रहण नै अन्योलमा परेको छ ।

प्रधानमन्त्री देउवाले शुक्रबार साँझ कमल थापासहित राप्रपाका ८ जना नेताहरुलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरिएको पत्र राष्ट्रपति कार्यालयमा पठाएका थिए । तर, निर्वाचनको मुखैमा प्रधानमन्त्री देउवाले मन्त्रीहरु नियुक्त गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी रुष्ट बनेकी छन् ।

देउवाले शुक्रबार राष्ट्रपतिलाई मन्त्री नियुक्त गरेको पत्र पठाए पनि सपथ ग्रहणको समय उपलब्ध गराएकी छैनन् । योसँगै नयाँ मन्त्रीहरुको सपथ अनिश्चित बनेको छ ।

सरकारले निर्वाचन आचारसंहिता विपरित काम गर्न थालेको भन्दै निर्वाचन आयोग पनि रुष्ट छ । यसअघि पनि निर्वाचन आयोगले आपत्ति जनाउँदा जनाउँदै प्रधानमन्त्री देउवाले जवरजस्ती सरकार विस्तार गर्दै आएका छन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारको कदमप्रति रुष्ट बनेका निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले शनिबार बिहान ११ बजे राष्ट्रपति भण्डारीसँग छलफल गर्दैछन् ।

प्रमुख आयुक्त यादवले केही दिनअघि मात्र काभ्रेको धुलिखेलमा भएको कार्यक्रममा सरकारलाई अप्रिय निर्णय नगर्न आग्रह गरेको थियो । तर, त्यसको दुई दिन नबित्दै सरकारले राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्रीसहित राप्रपाकै ३ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...