तनहुँमा कांग्रेस वरिष्ठ नेता पौडेल एउटै घरानाकी छोरीसँग लड्दै

Ram omkumari paudel

काठमाडौं । तोकिएको समयमा निर्वाचन हुन्न की भन्ने शंका बढिरहेको भए पनि जिल्ला तहमा निर्वाचनको सरगर्मी बढेको छ । जिल्लामा तहमा कोको उम्मेद्वार बन्ने भन्ने विषय निक्कै पेचिलो बन्दै गएको छ ।

जिल्ला तहमा कतिपय केन्द्रिय स्तरका नेताहरुलाई जिल्लामा राम्रो प्रभाव जमाएका नेताहरुले टक्कर दिने अवस्था देखिएको छ । यस्तै अवस्थामा आएको छ तनहुँमा । यहाँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रकी नेता ओमकुमारी पौडेलबीच तिव्र प्रतिस्पर्धा हुने देखिएको छ ।

माओवादीले ओमकुमारीले टिकट दिए बाबु पुस्ताका रामचन्द्र पौडेल र छोरी पुस्ताकी ओमकुमारीबीच प्रतिस्पर्धा हुनेछ । तनहुँ क्षेत्र नं. १ बाट प्रदेशसभातर्फ प्रत्यक्षमा कांग्रेसले वरिष्ठ नेता रामचन्द्र र माओवादीले ओमकुमारी र हरिबहादुर चुहानको नाम सिफारिस गरेको छ ।

२०५५ मा विद्यार्थी संगठनबाट राजनीतिमा लागेकी ओमकुमारी पौडेल अहिले माओवादीको पोलिटब्युरो सदस्य हुन् । रामचन्द्र पौडेल भने नेपाली कांग्रेसका वरिष्ठ नेता हुन् । एउटै घरानाका पौडेलबीचको चुनावी घम्साघम्सीमा कसले जित पार्छ भन्ने सबैको चासोको विषय बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...