वामपन्थी दलहरुको गठबन्धनले टिकट बाँडफाँडमा किचलो,

एक साता बितिसक्दा पनि उम्मेदवार चयन गर्न सकस

Bam panthi dal

काठमाडौँ । प्रमुख वामपन्थी दलहरुको गठबन्धनले टिकट बाँडफाँडमा किचलो बढ्दै गएको छ ।

२ पार्टीका अध्यक्षले ३ दिन भित्र उम्मेदवारी टुंगो लगाउन शुक्रबार कार्यदललाई निर्देशन दिएको भएपनि अझै टुङ्गो लाग्न सकेको छैन् ।

वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न तालमेल हुँदै पार्टी एकतासम्म गर्ने घोषणा गरेका प्रमुख वामपन्थी दलहरू उम्मेदवार छनौट गर्न सकिरहेका छैनन् ।

चुनावी तालमेल र एकताको घोषणा गरेको एक साता भन्दा बढी भइसक्दा समेत दलहरुलार्इ उम्मेदवार चयन गर्न सकस परिरहेको छ । उम्मेदवारका आकाक्षी धेरै भएकोले व्यवस्थापनमा कठिनाइ परेको दलका नेताहरू बताउँछन् ।

एमाले माओवादी र नयाँ शक्तिका नेता रहेको उम्मेदवार चयनसम्बन्धी कार्यदलले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

गठबन्धनमा सहभागी नयाँ शक्ति र हृदयश त्रिपाठीसहितका नेतालाई क्षेत्र छुट्याएपछि बाँकी रहेको क्षेत्रमा माओवादीले ४० र एमालेले ६० लिनेसहमति भएको थियो । तर, त्यसलाई व्यवस्थापन गर्न दुई दललाई समस्या परेको छ ।

चुनावी तालमेलका लागि सिट बाँडफाँड गर्दा ०७० सालको चुनाव र स्थानीय तहमा पाएको मतलाई आधार मान्ने सहमति भएको छ ।

माओवादी केन्द्र र एमालेबीच भएको सहमति अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ९९ र माओवादी केन्द्रले ६६ सिट पाउनेछन् ।

तर, नयाँ शक्ति र हृदयश त्रिपाठीसहितका नेतालाई पनि सिट दिनु पर्ने छ । जसअनुसार ती दलले १२ सिटको दाबी गरेका छन् जुन माओवादी र एमालेको ६०र४० बाट घट्ने छ ।

एमाले र माओवादी केन्द्रले उम्मेदवार चयनमा आ–आफ्नो दाबी पेस गरिरहेका छन् । प्रदेश नम्बर १ मा रहेको २८ सिट मध्ये माओवादीले ८ सिटको दाबी गरेको छ । तर, स्थानीय तहमा उसले प्राप्त गरेको आधारमा बढीमा ४ सिट दिन सकिने एमाले नेताले बताएका छन् ।

प्रदेश नम्बर दुईमा एमाले भन्दा माओवादी केन्द्रले स्थानीय तहका बढी क्षेत्रमा जीत निकालेको छ । त्यसका कारण दुई नम्बर प्रदेशमा उसले धेरै क्षेत्रमा दाबी गरेको छ । ३२ क्षेत्रमध्ये माओवादीले १७ सिटको दाबी गरेको एक एमाले नेताले बताए ।

प्रदेश नम्बर तीनमा एमालेले स्थानीय तहको चुनावमा राम्रो नतिजा निकालेको थियो । त्यस कारण तीन नम्बर प्रदेशमा एमालेले धेरै स्थान गुमाउन चाहेको छैन । राजधानी काठमाडौँ सहित प्रभाव क्षेत्रहरू समेत रहेका कारण माओवादी केन्द्र र एमाले दुवैले तीन नम्बर प्रदेशमा विशेष ध्यान दिएका छन् ।

प्रदेश नम्बर तीन अन्तर्गतका ३३ निर्वाचन क्षेत्र मध्ये १२ सिटको दाबी गरेको छ । तर, एमाले भने स्थानीय तहमा पाएको मतलाई आधार मान्दै १० स्थानीय तहभन्दा धेरै दिन नसकिने विषयमा छलफलमा छ ।

एमालेका एक नेताका अनुसार माओवादी प्रभाव क्षेत्रहरूमा एमालेले पाउने आधारलाई मान्ने हो भने तीन नम्बर प्रदेशमा माओवादीले १२ सिट पाउन सक्छ । १६ सिट रहेको प्रदेश नम्बर ४ मा एमालेले १२ सिटको दाबी गरेको छ भने माओवादीले ७ सिटमा दाबी गरेको छ ।

पाँच नम्बर प्रदेशमा रहेको २२ सिट मध्ये एमाले १५ सिटमा दाबी गरेको छ । १२ सिट रहेको प्रदेश नम्बर ६ मा एमाले र माओवादी केन्द्रले स्थानीय तहमा बराबर जस्तो जीत निकालेका छन् ।

जसका कारण दुवै दलले बराबर पाउने सम्भावना छ । प्रदेश नम्बर ७ मा माओवादीले ६ सिटमा दाबी गरेको छ । कुल १६ सिट रहेको ७ नम्बरमा माओवादीको अवस्था कमजोर रहेको भन्दै एमालले धेरै दिन नसकिने बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...