बाल कलाकार काजलको सम्झनामा वृहत रक्तदान

Rakdan kaja

काठमाडौँ । बाल कलाकार काजल नेपालीको सम्झनामा राजधानीको भृकुटी मण्डपमा खुल्ला रक्तदान गरिएको छ । गत विहिबार अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालमा फ्यान्कोनी एनिमिया रोगका कारण मृत्यु भएको थियो ।

बाल कलाकार काजल नेपालीको आत्मले शान्ति पाओस्, भन्दै तमाम अस्पतालमा रगत नपाएर छट्पटाइ रहेका विरामीलाई रगत अभाव हुन नदिने उद्देश्यका साथ शोकलाई शक्तिमा बदल्ने कोशिस स्वरुप यो कार्यक्रमको आयोजना गरेको फाउन्डेशनका अध्यक्ष रामजी नेपालीले बताए ।

कार्यक्रममा प्रमुख अतिथि चलचित्र विकास बोर्डका सदस्य उत्तम केसीले छोरी गुमाउनुको पीडासँगै सामाजिक कार्यमा सक्रिय रामजी नेपाली फाउन्डेशनका कार्यको सहराना गरेका थिए ।

त्यस्तै नेपाल रेडक्रस सोसाइटीका तर्फबाट बोल्दै गमला क्षेत्रीले भनिन्, ‘सायद पहिलो यस्तो कार्यक्रम नै हुनुपर्छ घरमा पीडाको बेलामा पनि रक्तदान कार्यक्रम गरिएको ।’ यसबाट अन्यले पनि प्रेरण लिने उनको विश्वास थियो ।

२०६८ साल देखी म्युजिक भिडियोहरुमा अभिनय यात्रा शुरु गरेकी काजलले पछिल्लो समय कमल खत्री र किशोरा अर्यालको गीत ‘सपना मिठो’मा अभिनय गरेकी थिइन ।

आउन पाइन घर यो दशैमा, खोला जस्तै हो रे चोला नि, धिङ्का ताका धिन, बैश गयो हासेरलगायत आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी काजल केहि वर्षदेखी फ्यान्कोनी एनिमिया रोगसँग लडिरहेकी थिइन ।

बिजया दशमीको दिन कान्ती बाल अस्पताल भर्ना गरी उपचार गर्दै गरेकोमा अचानक बेहोस भएपछी त्यहाँ आई. सि.यु. बेड खाली नभएपछी अन्तर्राष्ट्रीय मैत्री बाल अस्पतालमा लगि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो जहाँ उनको विहिबार राती मृत्यु भएको थियो ।

काजल गायक तथा सामाजिक अभियन्ता रामजी नेपाली एवम् लोकप्रिय लोक गायिका कृष्णा परियारको जेठी छोरी हुन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...