‘छक्का पञ्जा २’ ले तोड्यो नेपाली चलचित्रको इतिहास

Chhakka panja 2 record

काठमाडौँ । लामो समय देखि ‘छक्का पञ्जा २’ नेपाली चलचित्रको इतिहासमा सर्वाधिक बढी व्यापार गर्ने दोस्रो चलचित्र बनिसकेको छ ।

यतिबेला चलचित्र ‘छक्का पञ्जा २’ आक्रामक व्यापारका साथ प्रदर्शन भइरहेको छ । दसैंअघि रिलिज भएको यो चलचित्रले सोमबारसम्ममा लगभग ११ करोड रुपैयाँको व्यापार गरिसकेको छ ।

यो आँकडालेदीपा श्री निरौला निर्देशित यस चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, प्रियंका कार्की, स्वस्तिमा खड्कालगायतले अभिनय गरेका छन् ।

सबभन्दा धेरै व्यापार गर्ने चलचित्रमा ‘छक्का पञ्जा’ नम्बर वानमा छ । यो चलचित्रले नेपालमा १६ करोड रुपैयाँको व्यापार गरेको थियो ।

यो आँकडा चुम्न छक्का पञ्जा २ ले अझै पाँच करोड रुपैयाँको व्यापार गर्नुपर्छ । ‘मोफसलमा त छक्का पञ्जाको रेकर्डलाई छक्का पञ्जा २ ले उछिनिसकेको छ’, निर्माता एवं कलाकार दीपकराज गिरी भन्छन्, ‘दर्शकको फिडब्याक राम्रो छ ।

व्यापारमा छक्का पञ्जालाई नउछिने पनि छेउछाउ पुग्ने अवस्था देखिएको छ ।’ दीपा श्री निरौलाले निर्देशन गरेको यस चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, प्रियंका कार्की, बुद्धि तामाङ लगायतकै अभिनय छ ।

छक्का पञ्जा र यसको सिक्वेलको व्यावसायिक सफलताले दीपा श्री निरौलालाई पनि सर्वाधिक सफल निर्देशकका रूपमा उभ्याएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...