दुई ठूला वामपन्थी दलबीचको एकता सकारात्मक : अध्यक्ष थापा

Kamal thapa 24

विराटनगर । राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान सरकारको स्थायित्व र सुनिश्चितताका लागि आफ्नो पार्टीले समर्थन गरेको बताए ।

दुई ठूला वामपन्थी दलबीचको एकताका सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा नेता थापाले पार्टीबीचको एकतालाई सकारात्मक रुपमा लिँदै यसले मुलुकको भविष्यमा दूरगामी प्रभाव पर्ने सम्भावना व्यक्त गरे ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेकपामाओवादी केन्द्रले विपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल र पार्टी एकीकरण गर्ने निर्णय गरेपछि वर्तमान सरकार अल्पमतमा पर्न सक्ने, मुलुकमा अस्थिरता उत्पन्न हुन सक्ने र निर्वाचन धरापमा पर्न सक्ने भएकाले’ वर्तमान सरकारलाई समर्थन गरिएको स्पष्ट पारे ।

उनले मुलुकमा राजनीतिक धु्रवीकरणलाई दृष्टिगत गरी राप्रपाले राष्ट्रियता र प्रजातन्त्र सुदृढीकरण गर्ने कार्यसूचीलाई सबलीकरणका साथै मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउनका नेपाली काँग्रेस तथा अन्य दलसँग निर्वाचनमा सहकार्य गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले काँग्रेससँग संसदीय र प्रदेशको निर्वाचनमा सिटको बाँडफाँट विषयमा अहिले सल्लाह नभएको र केही दिनभित्रै यस विषयमा टुंगो लाग्ने जानकारी दिए ।

पूर्वउपप्रधानमन्त्री थापाले आउँदो निर्वाचनमा हिन्दू राष्ट्रका विषयमा पनि जनताको अभिमत लिनका लागि जनमतसंग्रह हुनुपर्ने माग दोह¥याए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...