प्रजातन्त्र बलियो भए मुलुक समृद्ध बन्छ : नेता सिंह

Prakash man sinha

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्र बलियो भएमात्र मुलुक समृद्ध हुने बताए ।

गैरआवसीय नेपाली संघ एनआरएनको अन्तरराष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा मंगलबार आफ्नै निवास ठमेलस्थित चाक्सीबारीमा आयोजित चियापानमा नेता सिंहले प्रजातन्त्र बलियो बनाउन एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

‘नेपालको राष्ट्रिय राजनीति चुनावी माहोलमा होमिएको अवस्थामा एनआरएनको सम्मेलन हुन लागेको छ यो सम्मेलनले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण अर्थ राख्छ, नेता सिंहले भने । उनले नेपालबाट विभिन्न मुलुकमा गएर बसेका नेपाली दिदीबहिनी तथा दाजुभाइको समस्या समाधानका लागि एनआरएनले गरेको सहयोगको प्रशंसा गरे ।

नेता सिंहले भूकम्पको समय होस् वा बाढीपहिरोको समयमा होस् एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै देश विकासमा पनि योगदान पु¥याएको छ ।

उनले निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्ने प्रजातान्त्रिक प्रक्रियाबाट एनआरएन चलेको छ भन्दै अधिवेशन सफलताको कामना गरे ।

कार्यक्रममा काँग्रेसका जिल्ला सभापति सबुज बानियाँ सोही दलका केन्द्रीय सदस्य, सांसद, भ्रातृ संस्थाका प्रतिनिधिका साथै एनआरएनको सम्मेलनमा भाग लिन विभिन्न देशबाट आएका प्रतिनिधिको सहभागिता थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...