वाम एकताले कांग्रेसलाई समस्या पर्दैन : साउद

माओवादी केन्द्र अत्यन्तै कठिन सहयात्री पार्टी

Np saud

काठमाडौं । वाम गठबन्धन बलियो बन्दै गइरहेका बेला नेपाली कांग्रेसका एक प्रभावशाली नेताले बाम गठबन्धन बन्दैमा नेपाली कांग्रेसले आत्तिनुपर्ने अवस्था नआएको तर्क अघि सारेका छन् ।

नेपाली कांग्रेसका नेता एनपी साउदले उनले एमाले र नेकपा माओवादी केन्द्र बीचको वाम गठबन्धन अस्वभाविक भए पनि आफूहरुलाई कुनै फरक नपर्ने स्पष्ट पारेका हुन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले विगतमा पनि कांग्रेसले यस्तो वामपन्थी गठबन्धन फेस गरेको र अहिलेको एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपाल बीचको एकता प्रयासबाट आफूहरु नआत्तिएको स्पष्ट पारे । उनले भने, ‘कांग्रेसले विगतका दिनहरुमा समेत यस्तो खाले वाम गठबन्धनहरुसँग संघर्ष गर्दै आएको हो, हामीलाई अहिलेको गठबन्धनले केही फरक पर्दैन ।’

वाम गठबन्धन गरे पनि अबको निर्वाचनमा नेकपा एमाले तेस्रो दल बने कसैले आश्चर्य मान्न नहुने भन्दै उनले खिल्लीसमेत उडाए । ‘वाम तालमेल लामो समयसम्म जाँदैन’ उनले भने, ‘जसरी ६० र ४० को भागबण्डा हुँदैछ, यही तरिकाले त दुबै पार्टीको पहिचान गुम्ला भन्ने पो लाग्न थालेको छ ।’

साउदले माओवादी केन्द्रलाई अत्यन्तै कठिन सहयात्री पार्टीको संज्ञा दिए । ‘वास्तवमा भन्ने हो भने माओवादी केन्द्र त कठिन सहयात्री नै हो ।’ उनले भने, ‘विगतमा पनि हामीले यो कुरा भोग्यौं, माओवादी केन्द्रमा माओवादभन्दा पनि क्रमभंगवाद देखिएको छ ।’

उनले लोकतान्त्रिक गठबन्धनभित्र सिट तालमेललाई लिएर कुनै समस्या नआउने स्पष्ट पारेका छन् । उनले कांग्रेसले राष्ट्रवादी, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरुलाई एक ठाउँमा उभ्याएर प्रजातन्त्र र राष्ट्रियताको रक्षाको लागि अघि बढ्ने बताए ।

‘अहिलेको राजनीतिक धु्रवीकृत बन्दै गएको छ, वाम गठबन्धन बनेसँगै कांग्रेसको नेतृत्वमा समेत बृहत लोकतान्त्रिक गठबन्धन बन्दैछ’ उनले भने, ‘त्यसका लागि सबै प्रजातान्त्रिक शक्तिहरुसँग एकताको प्रयास पनि भइरहेको छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...