सत्ता साझेदार दलहरुबीच खटपटको फाइदा कमल थापालाई

थापाले गृहमन्त्री पाए के गर्ला त माओवादीले ?

Kamal thapa 23

काठमाडौं । सत्ता साझेदार दल एकीकृत माओवादी केन्द्रले नेकपा एमालेसँग चुनावी तालमेलसहित पार्टी एकताको प्रयास गरेपछि सत्ता साझेदार दलहरुबीच खटपट सुरु भएको छ ।

माओवादी केन्द्रसँग नेपाली कांग्रेसको दुरी बढेपछि कांग्रेसले अन्य साना दलहरुलाई नजिक ल्याउने प्रयास थालेको छ । माओवादीसँग दुरी बढेपछि त्यसको फाइदा राष्ट्रिय प्रजातन्त्र पार्टीले लिने भएको छ ।

लामो समयसम्म सत्तामा बसेको राप्रपाले यो पटक उपप्रधानमन्त्री सहित अन्य जिम्मेवार मन्त्रालय लिएर सरकारमा सहभागी बन्ने पक्कापक्की भएको छ । कमल थापा नेतृत्वको राप्रपाको आज बसेको आकस्मिक बैठकले सरकारमा जाने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा अध्यक्ष कमल थापालाई उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी दिने जनाइसकेका छन् । हाल गृहमन्त्रालय भने माओवादीका जनार्दन शर्माले सम्हालिरहेका छन् ।

माओवादीमा अन्योल
यता, नेपाली कांग्रेससँग सत्ता गठबन्धन गरेको माओवादी केन्द्रले एमाले र नयाँ शक्ति पार्टीसँग चुनावी गठबन्धन गर्दै पार्टी एकतासम्म जाने निर्णय गरेको माओवादीले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नगर्ने संकेत गरेको छ । उसले अहिले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने बारे कुनै निर्णय गरेको छैन ।

तर, प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष थापालाई गृहसहित उपप्रधानमन्त्री दिने बचन दिइसकेका कारण राप्रपा बैठकले पनि सरकारमा जाने निर्णय गरेको छ । यो सँगै सत्तामा किचलो हुने देखिएको छ ।

यदी प्रधानमन्त्री देउवाले थापालाई गृहमन्त्री दिए हाल गृहमन्त्रालय सम्हालिरहेको माओवादी तत्काल सरकारबाट बाहिरिनुपर्ने अवस्था आउन सक्छ । प्रचण्डले ‘हामी समर्थन फिर्ता लिदैनौँ आवश्यक परे सरकार छोड्न तयार छौँ ।’

प्रचण्डले भनेजस्तै राप्रपाको सरकारमा जाने निर्णयसँगै अब माओवादी केन्द्रले सहजै मन्त्री फिर्ता बोलाउँला वा प्रधानमन्त्रीले अन्य कुनै कदम चाल्लान् ? त्यो भने आउने समयले बताउँला ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...