गोरखाकी सुष्मालाई साउदीबाट उपचारमा सहयोग

Saudi sahayog

काठमाडौं । साउदीमा बस्ने नेपाली दलित युवाहरुले वीर अस्पतालमा उपचाररत गोरखाकी सुष्मा परियारलाई आर्थिक सहयोग गरेका छन् ।

दलित एकता संजाल नेपाल राष्ट्रिय समन्वय समितिको पहलमा साउदीका विभिन्न कम्पनीमा कार्यरत श्रमिकहरुसँग १२ हजार ७ सय रुपैया आर्थिक संकलन गरिएको थियो ।

संजाल साउदीका अध्यक्ष रमेश लाम्गादे र रियाद सचिव देवेन्द्र विश्वकर्माको पहलमा १० हजार ६ सय संकलन गरेका थिए भने सञ्जालकै कोषाध्यक्ष कमला नेपालीले व्यक्तिगत २ हजार १ सय दिएकी थिइन् ।

सो रकम वीर अस्पतालमा उपचाररत सुष्मा परियारलाई आइतवार सञ्जाल नेपालका अध्यक्ष विष्णु धमला र कोषाध्यक्ष कमला नेपालीले वीर अस्पतालमा पुगेर हस्तान्तरण गरे । उनी गत भदौं २९ गते रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

अजिरकोट गाउँपालिका –२ गोरखाकी १४ वर्षीय परियारका बुबा आमा नै गत २०७२ वैशाखमा आएको विनासकारी भुकम्पमा परी मृत्यु भएको थियो । उनी हाल कक्षा ९ मा अध्ययनरत छिन् ।

प्रतिकृया दिनुहोस