एमालेसँग पार्टी एकताको प्रस्ताव मैले नै गरेको हुँ : प्रचण्ड

Prachanda bkkmeliqrb.jpg.800x630 q70 crop

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग पार्टी एकताको प्रस्ताव आफूले नै गरेको बताएका छन् ।
पार्टीको शनिबार राजधानीको राष्ट्रिय सभागृहमा बसेको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमालेले चुनावी तालमेलको प्रस्ताव लिएर आएको तर आफूले एकताकै लागि प्रस्ताव गरेको बताए ।


‘एमाले नेता बामदेव गौतम चुनावी तालमेलको लागि ६०–४० को प्रस्ताव लिएर म कहाँ आउनु भएको थियो । मैले एकतै गरेर जाऔं भने ’, प्रचण्डको भनाइ उदृत गर्दै एक पोलिट्ब्यूरो सदस्यले भने, ‘ पछि केपी ओलीजीलगायतसँग पनि लामो वार्ता गरेर तालमेल र एकता गर्ने निश्कर्षमा पुगेका हौं ।’


उनले अब बाम गठबन्धनलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा विजयी हुन कसैले रोक्न नसक्ने दाबी गर्दै भने,‘ हामी चुनावमा जान्छौं । सरकार बनाउँछौं । देशलाई विकासको पथमा लम्काउँछौं । लोकतान्त्रिक विधिभन्दा हामी बाहिर जान्नौं ।


उनले एमाले र माओवादी दुबै पाटीमा गुट उपगुट रहेको स्वीकार गर्दै त्यसको अन्त्य हुनु जरुरी रहेको बताए । ‘ हाम्रातिर पनि स–साना गुट उपगुटहरु थिए । एमालेमा पनि छन् । अब एकतापछि ति सबै गुटहरु निर्मुल हुनुपर्छ । एकताले नै सबै विवेधको अन्त्य गराउँछ । ’


दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकताले नेपालको बाम आन्दोलनलाई नयाँ मोडमा पुर्याउने बताउँदै उनले अगाडि भने, ‘यो एकताले एमालेले हामीलाई निल्ने नि होइन । हामीले पनि एमालेलाई निल्ने होइन । बस्तुगत आवश्यकताका कारण एक हुने वातारण बनेको हो ।’
उनले एकता र गठबन्धनको स्पिरिट अनुसार अघि बढ्न पनि नेता कार्यकर्तालाई सो क्रममा निर्देशन दिए ।

माओवादीले एकतामा जालझेल गर्दैन, एमालेले गरे छाड्दैन
प्रचण्डले एमालेसँगको एकता प्रक्रियामा माओवादीले कुनै जालझेल नगर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले एकतामा यदी एमालेले जालझेल ग¥यो भने पनि नछोड्ने चेतावनी दिएका छन् ।
नेपाली क्रान्तिको सिद्धान्तलाई विस्तार गर्न एमालेसँग गठबन्धन बनाएको बताँउदै उनले अहिलेको एकताले देशलाई फाइदा पुग्ने बताए । उनले भने–‘पार्टी एकताका लागि बहसको भट्टीबाट को पूर्ण स्पात हुने र को खरानी भएर सकिने भन्ने पनि छ । हामी स्पात हुनेमा म पूर्ण विस्वस्त छु ।’ उनले महान बहससम्म जान दिँदैनन् भन्ने पनि रहेको बताँउदै बहसभित्र छिरेपछि धेरै रुपान्तरण पनि आँउने उनले बताए ।
पार्टी एकतापछि यो देशमा कम्युनिष्ट अधियानबाद आँउछ भनेर आशंका गरेपनि अझै आठ दश बर्ष त्यस्तो स्थिति नआउने उनले स्पष्ट पारे ।
कसरी पार्टी एकता भयो भनेर सबैतिर आश्र्चय भएपनि त्यस्तो मान्नुपर्ने अवस्था नरहेको उनले बताए । एमाले नेता वामदेव गौतमसँग यसबारेमा निरन्तर रुपमा कुरा भएको बताए । स्थानीय तहको निर्वाचनमा पनि तालमेल गर्ने कुरा भएको बताँउदै उनले आफ्नो दलले भरतपुर महानगर माग्दा एमालेले ललितपुर दिने भनेपछि समहति टुटेको उनले खुलासा गरे ।

सरकारलाई दिएको समर्थन कायमै

प्रचण्डले हिजोमात्रै आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता गरेको जानकारी दिँदै सरकारलाई दिएको समर्थन कायमै रहने स्पष्ट पारेको पनि बताए ।
उनले सरकारले संविधान र कानुन विपरित काम गरेर गलत परिणाम ल्याए त्यसको जिम्मेजार कांग्रेस हुने पनि चेतावनी दिए ।
बाम गठबन्धन निर्माणबाट कांग्रेस आत्तिनु जरुरी नरहेको भन्दै प्रचण्डले बामहरूको जस्तै गठबन्धन गर्न कांग्रेसले लागेको कदम सकारात्मक भएको बताए ।


सो क्रममा नेता रामबहादुर थापा बादलले तालमेल र एकताको सहमति ऐतिहासिक कदम भएको टिप्पणी गरे । उद्यपी यसलाई आफूले अवसर र चुनौति दुबै रुपमा लिएको उनको भनाई थियो । उनले बाम एकताले उत्तर दक्षिण र अमेरिकासम्म १० रेक्टरको भूकम्प ल्याइदिइएको समेत बताए ।

यस्तै अर्का नेता नारायणकाजी श्रेष्ठले बाम एकताले नेपाली कम्युनिष्ट आन्दोलनमा चमत्कार भएको बताए ।

तालमेल र पार्टी एकीकरण गर्ने सहमतिको स्वागत
बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा तालमेल र पार्टी एकीकरण गर्ने सहमतिको स्वागत पनि गरेको छ । तालमेल र पार्टी एकीकरण गर्ने माओवादी र एमाले र नयाँ शक्ति गरी ३ दलको मंगलबारको सहमतिलाई अनुमोदन गर्दै बैठकले स्वागत गरेको हो । बैठकले ती सहमतिलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...