गठबन्धनबाट देशले बलियो प्रतिपक्ष पाउने आशा छ : बिजुक्छे

Narayan man

नगरकोट । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वामपन्थी र लोकतान्त्रिक गठबन्धनमध्येबाट देशले अब बलियो एक प्रतिपक्ष प्राप्त गर्ने आशा गरेको बताएका छन ।

सेवानिवृत्त शिक्षक समाज भक्तपुरद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रजातन्त्र बलियो बनाउन बलियो प्रतिपक्ष आवश्यक हुने र अहिलेको निर्वाचनले त्यो पूरा गर्नेमा आफू विश्वस्त रहेको बताए ।

अध्यक्ष बिजुक्छेले चुनावलाई केन्द्रित गरेर वामपन्थी र लोकतान्त्रिक गठबन्धन बनाइएको हो भने यसले देशको दीर्घकालीन राजनीतिमा कुनै असर र प्रभाव नपार्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा उनले सेवानिवृत्त भएका भक्तपुरका छ जना वरिष्ठ शिक्षक शिक्षिकालाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै समाजद्वारा प्रकाशित ‘शैक्षिक अनुभव’ नामक पुस्तकको पनि विमोचन गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...