तीन दलबीच तालमेल घोषणा

444

काठमाडौँ । एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्पसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा तालमेल गर्ने सहमतिको घोषणा भएको छ ।

आज राष्ट्रिय सभागृहमा आयोेजित पत्रकार सम्मेलनमा तीनै दलका अध्यक्षहरु क्रमशः केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

मुलुकलाई समृद्धि र समाजवादतर्फ उन्मुख गराउन तथा राष्ट्रिय स्वाभिमान र स्वाधीनतालाई माथि उठाउने लक्ष्यसहित एकीकरणको अभियान शुरु भएको नेताहरुले उद्घोष गरेका छन्।

चुनावी तालमेलको सहमतिअनुसार नयाँ शक्ति र अन्य आउन सक्ने देशभक्त प्रगतिशील शक्तिलाई दिएर बाँकी रहेको प्रत्यक्षतर्फको स्थानमा ६० प्रतिशत एमाले र ४० प्रतिशतमा माओवादी केन्द्रलाई बाँडफाँड गरिनेछ ।

सकेसम्म एउटै निर्वाचन चिह्नमा लड्ने र प्राविधिक समस्या भएमा आफ्नो निर्वाचन चिह्नमा तालमेल गरेर निर्वाचनमा जाने सहमति यी दलबीच भएको छ । विस्तृत समाचार बाँकी...

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...