एमाले, माओवादी र नयाँशक्तिबीच एकताको सहमति

Ekta17

काठमाडौँ । नेकपा एमाले, माओवादी र नयाँशक्ति पार्टीले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचन लगत्तै पार्टी एकता प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् ।

राष्ट्रिय सभागृहमा आयोजित पत्रकार सम्मेलनमा माओवादी नेता एवम् गृहमन्त्री जनार्दन शर्माले तीन पार्टीबीच भएको एकीकरणको ६ बुँदे योजना सार्वजनिक गरेका छन् ।


तीन पार्टीबीच पार्टी एकताको लागि भएको ६ बुँदे सहमतिको सारांश यसप्रकार छ ः

– तीन पार्टीबीच एकीकरण गरी एउटै पार्टी निर्माण गर्ने उद्देश्यका साथ हाललाई ८ सदस्यीय पार्टी एकता संयोजन समिति गठन गर्ने ।

– समितिमा एमालेबाट ४, माओावदीबाट ३ र नयाँशक्तिबाट १ नेता रहने । विस्तृत खाका र योजना यही समितिले तयार पार्ने । पार्टीको नीति र विधान तयार पार्न दस्तावेज मस्यौदा समिति गठन गर्ने । प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि एकीकरण सम्पन्न गर्ने ।

– अब बन्ने पार्टीको मुद्दामा बहस गर्न सकिने । सार्वजनिक रुपमा सार्वजनिक टिप्पणी र नकारात्मक टिप्पणी नगर्ने ।

– आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाका निर्वाचनमा माओवादीलाई ४० र एमालेलाई ६० प्रतिशत हुने गरी तालमेल गर्ने ।

– निर्वाचनमा साझा घोषणा पत्र तयार पार्ने । प्रतिनिधि सभा निर्वाचन घोषणा पत्र मस्यौंदा समिति तयार गर्ने ।

– निर्वाचनमा तालमेलका लागि अन्य शक्तिलाई पनि आह्वान गर्ने ।

 

प्रतिकृया दिनुहोस