दुई वामपन्थी दलबीच तालमेलका साथै पार्टी एकता

आज ५ बजे औपचारिक घोषणा हुने

Oli17

काठमाण्डौं । दुई वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेलका साथै पार्टी एकताबारे आज ५ बजे औपचारिक घोषणा हुने भएको छ ।

राष्ट्रिय सभागृहमा चुनावी तालमेललगायतको औपचारिक घोषणा हुने तय भएको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए ।

एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच मंगलबार ललितपुरमा भएको वार्ताले चुनावी तालमेलसँगै पार्टी एकताको सहमतिले अन्तिम रुप दिएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार एमाले र माओवादीबीच प्रतिनिधिसभा र प्रदेशसभामा ६० र ४० अनुपातमा चुनावमा जाने सहमति भएको छ ।

दुवै दलको घोषणापत्र एउटै बनाउने भनिए पनि चुनाव चिन्ह भने प्राविधिक समस्याका कारण एउटै बनाउन कठीन देखिएको स्रोतले दावि गरेको छ ।

बैठकमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतम, संसदीय दलका उपनेता सुवास नेम्वाङ, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल सहभागी थिए ।

त्यस्तै माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र गृहमन्त्री जनार्दन शर्मा सहभागी थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाली सेनाले निर्माण गर्‍यो १४११ किलोमिटर सडक ट्रयाक

Sena bato khandai

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक ख...