ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य सम्पत्ति हुन् – राष्ट्रपति

Bidya15

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जीवनका अधिकांश समय क्रियाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई समाजोपयोगी कार्यमा योगदान पु¥याएका ज्येष्ठ नागरिक  राष्ट्रका अमूल्य सम्पत्ति भएको बताएकी छन् ।

राष्ट्रपति  भण्डारीले ज्येष्ठ नागरिकलाई मर्यादित एवं सम्मानित गर्दै उनीहरुको अनुभवको अनुकरण गर्न सबैसँग आह्वान गरेकी छन्।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सम्पूर्ण ज्येष्ठ नागरिकको सुख, शान्ति एवं सम्मानजनक जीवनयापनका लागि शुभकामना व्यक्त गरेकी छन्।

“ज्येष्ठ नागरिकको सीप मुलुक निर्माणमा प्रयोग गर्ने, ज्येष्ठ नागरिकबाट असल संस्कृति र संस्कार भावी पुस्तामा हस्तान्तरण गराउने, सभ्य समाज निर्माणमा ज्येष्ठ नागरिकको योगदानलाई स्वीकार गर्ने एवं नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने वातावरण सृजना गर्नु नै ज्येष्ठ नागरिक दिवसको महत्व रहन्छ,” सन्देशमा राष्ट्रपतिले भनिएको छ ।

नेपालको संविधानले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको र सम्मानस्वरुप राज्यका तर्फबाट समाजिक सुरक्षा भत्ता एवं विभिन्न सेवा सुविधासमेत प्रदान गरिँदै आएकामा उनले सराहना पनि गरेकी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...