नवलपरासीका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

नवलपरासी । नवलपरासीका विभिन्न धार्मिक शक्तिपीठहरुमा आज नवमीका दिन बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

जिल्लाको विशेषगरी मौलाकालिका, दाउन्ने र पाल्ही भगवती मन्दिरलगायतका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको हो ।

दशैँ शुरु भएदेखि नै जिल्लाका विभिन्न धार्मिक शक्तिपीठमा पूजाआजा र दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।

विशेषगरी यतिबेला ती शक्तिपीठमा नेपालीसहित छिमेकी भारतीय दर्शनार्थीको समेत उल्लेखनीयरुपमा सहभागिता देख्न सकिन्छ ।

पारिवारिक सुख शान्तिसहित मनोकामना पूरा हुने आशामा दर्शनार्थी विभिन्न धार्मिक शक्तीपीठमा पूजाआजासहित दर्शनका लागि आउने गर्छन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...